बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • देउवाको गृहजिल्लामा एकलौटी रूपमा वडा अधिवेशनको तयारी, जिल्ला सभापति पक्षले बहिष्कार गर्ने

देउवाको गृहजिल्लामा एकलौटी रूपमा वडा अधिवेशनको तयारी, जिल्ला सभापति पक्षले बहिष्कार गर्ने

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्लामा एकलौटी रुपमा वडा अधिवेशन गरिने भएको छ।
 |  बिहीबार, भदौ २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २४, २०७८

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्लामा एकलौटी रुपमा वडा अधिवेशन गरिने भएको छ। डडेल्धुराका लागि केन्द्रीय प्रतिनिधि भएर खटिएका निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले एक विज्ञप्ति जारी गर्दै भदौ २५ गते वडाधिवेशन गरिने र बाँकी तहको अधिवेशन केन्द्रले तोकेबमोजिम गरिने जानकारी दिएका छन्। 

triton college

यसअघि नेपाली कांग्रेस डडेल्धुराको जिल्ला कार्यसमितिको भदौ २२ गते बसेको बैठकले क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान नभएसम्मका लागिअधिवेशनका कार्यक्रम स्थगत गर्ने निर्णय गरेको थियो। जिल्ला कार्यसमितिको उक्त निर्णयपछि निर्वाचन अधिकृत बमले भदौ ३१ गतेका लागि मिति तय गरेका थिए। 

तर, बिहीबार एक विज्ञप्ति जारी गर्दै नेपाल शिक्षक संघको सहयोगमा मतदान अधिकृत तोकी सम्बन्धित वडामा निर्वाचन सामग्रीसमेत पठाइसकेकोले कुनै पनि किसिमको भ्रममा नपरि अधिवेशनमा सक्रिय हुन आग्रह गरिएको छ। 

तर, जिल्ला सभापतिसमेत रहेका कर्ण मल्ला पक्षले भने चुनाव बहिष्कार गर्ने बताएको छ। जिल्ला सभापति मल्लले क्रियाशील सदस्यता विवाद समाधान नभएसम्म आफूहरु निर्वाचन पक्रियामा सहभागी हुन नसक्न‍े बताएका छन्। उनले भने, 'जिल्ला कार्यसमितिको निर्णय अनुसार केन्द्रबाट थपघट गरिएका क्रियाशील सदस्यहरुको समस्या समाधान नभएसम्म निर्वाचन प्रक्रियामा सहभागी हुन सकिँदैन। हामी बहिष्कार गर्छौं। भोलि एक पक्षमात्रै चुनावमा सहभागी हुन्छ।'

उनले थप भनेका छन्, 'म निकै स्तब्ध भएको छु। जुन नेताले आफ्नो जीवनको एक दर्जन वर्ष जेलमा बिताउनभयो। करिब तीन दर्जन वर्ष राजनीतिक संघर्षका कठिन दिनहरु बिताउनुभयो। उहाँकै जिल्लामा, उहाँ नै सभापति भएको बेला, उहाँ नै प्रधानमन्त्री भएको बेला, उहाँकै पार्टीको सदस्यता नामावलीमा भएका त्रुटीलाई सच्याउन भनिएको छ। तर, पार्टीको जिल्ला सभापतिलाई कुनै जानकारी नदिएर, पार्टीको कार्यालयलाई बेवास्ता गर्दै, प्रहरी परिचालन गरेर वडाधिवेशन होटलबाट एक समूहको सल्लाहमा प्रक्रिया अघि बढाएको सुन्‍नमा आएको छ। यो दु:खद र पार्टी राजनीतिभित्रको ध्रुवीकरण गराउने प्रयास गरिएको छ।' 

corrent noodles
Metro Mart

के हो डडेल्धुराको क्रियाशील सदस्यता विवाद ?

नेपाली कांग्रेस डडेल्धुराको क्रियाशील सदस्यताको विवरण नेपाली कांग्रेसको आधिकारिक वेबसाइटबाट सार्वजनिक भएसँगै प्रधानमन्त्री देउवाको गृहजिल्लामा तीव्र असन्तुष्टि देखिएको हो। कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवाले गृहजिल्ला डडेल्धुरामा अघि सारेका जिल्ला सभापतिका उम्मेदवार भीमबहादुर साँउदलाई जिताउने अभिप्रायले वडा, पालिका, प्रदेश सभा क्षेत्र र जिल्ला कार्यसमिति गरेर चार तहबाट विधिवत रुपमा पारित गरेर पठाएका क्रियाशील सदस्यहरुमा थपघट गरेर अन्तिम मतदाता नामावली सार्वजनिक गरिएको हो। 

सातवटै स्थानीय तहका ५२ वडामा सभापति पदका आकांक्षी साँउदको पक्षमा प्रतिनिधी आउने गरि क्रियाशील सदस्यतामा थपघट गरिएको उपसभापति भट्टको आरोप छ। 

नेपाली कांग्रेस डडेल्धुराका कार्यालय सचिव राम विष्टका अनुसार जिल्ला कार्यसमितिले प्रक्रिया पुगाएर दुई हजार पाँच सय छ जना नयाँ क्रियाशील सदस्य तथा नविकरणका लागि पुराना सदस्यको नाम समावेश गरेर कुल पाँच हजार आठ सय चार जनाको नामावली सिफारिस गरेको थियो। जसमध्ये चार सय ६० जनाको नाम छानबिन समितिले हटाएर पठाएको छ भने कुनै पनि प्रक्रिया नपुगाइएका तीन सय १२ जनाको नाम केन्द्रबाटै थपेर पठाइएको छ। 

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको वडा गन्यापधुरा गाउँपालिका–१ मा १६ जना क्रियाशील सदस्यको नाम हटाएर देउवापुत्र जयबिरसिंह देउवासहित १० जनाको नाम थपेर मतदाता नामावली सार्वजनिक गरिएको छ। अन्य स्थानमा हटाइका क्रियाशील सदस्यहरुमा नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लकी आमा पार्वतीदेवी मल्ल, जिल्ला कार्यसमिति सदस्य कमला विष्ट, अमरगढी नगरपालिका–९ का सभापति नरबहादुर पाल र कार्यालय सचिव राम विष्टलगायतका छन्।

विभिन्न पार्टीबाट नेपाली कांग्रेस प्रवेश गरेका व्यक्तिहरुको समायोजनका लागि गठित जिल्लास्तरीय कार्यदलका सदस्य रामबहादुर ऐरको नाम पनि क्रियाशील सदस्यबाट हटाइएको छ। ऐरले सिफारिस गरेका सबै क्रियाशील सदस्यको नामावली छैन। तीन हजार एक सय ४४ नयाँ र दुई हजार पाँच सय ९८ पुराना गरेर गरेर केन्द्रबाट पाँच हजार सात सय ४२ जनाको नाम क्रियाशील नामावलीमा सार्वजनिक भएको छ।

जिल्ला नेतृत्व हत्याउने प्रयासका लागि गरिएको क्रियाशील विवाद समाधान गरिनुपर्ने सभापति मल्लले बताएका छन्। उनले सहमतिका लागि आफू बाधक नभएको उल्लेख गर्दै बाइपास गरेर अघि बढे आगामी निर्वाचनमा समस्या हुने बताएका छन्। उनले थपे, 'भोलिको अधिवेशन हामीले स्थगन गरेका छौं। एकतर्फीरुपमा हुने अधिवेशनले कसरी पार्टीलाई अघि बढाउला भन्‍ने प्रश्‍न उठेको छ।'

प्रकाशित: Sep 09, 2021| 18:13 बिहीबार, भदौ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।