धनगढी- सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा आउँदो आइतबार (२७ भदौ) सार्वजनिक बिदा दिने निर्णय गरिएको छ। थारु समुदायको महत्वपूर्ण पर्व अट्वारीका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आइतबार तराईका दुई जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
सुदूरपश्चिम प्रदेश सरकारको १९ वैशाख २०७८ मा बसेको बैठकको निर्णय अनुसार थारु समुदायले भव्यताका साथ मनाउने अट्वारी पर्वका अवसरमा कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ।
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्ण जोशीका अनुसार प्रदेश सरकारले थारु समुदायको मौलिक पर्व अट्वारीको लागि तराईका दुई जिल्लामा बिदा दिने निर्णय गरिएको हो।