बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कोरोना नियन्त्रण गर्न प्रदेश सरकारलाई विज्ञहरुको यस्तो सुझाव

कोरोना नियन्त्रण गर्न प्रदेश सरकारलाई विज्ञहरुको यस्तो सुझाव

कोरोना महामारी रोकथाम सम्बन्धी सुझाव दिन प्रदेश सरकारले गठन गरेको विज्ञ समूहले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ।
 |  आइतबार, चैत २३, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २३, २०७६

जनकपुरधाम- कोरोना महामारी रोकथाम सम्बन्धी सुझाव दिन प्रदेश सरकारले गठन गरेको विज्ञ समूहले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ।

triton college

वरिष्ठ चिकित्सकसहितको विज्ञ समूहले आन्तरिक छलफलपछि प्रदेश सरकारलाई आइतबार प्रतिवेदन बुझाएको हो।

विज्ञ समूहले बुझाएको प्रतिवेदनमा चिकित्सकीय सामग्रीको प्रयोगदेखि सामग्रीहरुको उपलब्धता, कोरोना संक्रमितहरुको उपचारमा संलग्न चिकित्सकको सुरक्षादेखि प्रोत्साहन भत्ता, विशेष अस्पताल निर्माणसहितको विषय समावेश गरिएको छ।

यसैगरी प्रतिवेदनमा पीपीईदेखि मास्क प्रयोगको मापदण्ड पनि निर्धारण गरिएको छ। प्रतिवेदनमा कोरोना संक्रमित बिरामीको प्रत्यक्ष उपचार, ल्याब, क्वारेन्टाइन र आइसोलेनमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पीपीई, एन–९५ का साथै सर्जिकल मास्क, पञ्जा, चश्मालगायतका सामग्री उपलब्ध गराउन सरकारलाई सुझाव दिइएको छ।

स्वास्थ्यकर्मीहरुलाई सर्जिकल मास्क, ह्याण्डवास र पञ्जा उपलब्ध गराउनुपर्ने प्रतिवेदनमा भनिएको छ। सामान्य मानिसलाई कपडाको मास्क, ह्याण्डवास र सामाजिक दूरी आवश्यक रहेको विज्ञहरुले तयार पारेको प्रतिवेदनमा उल्लेख छ।

corrent noodles
Metro Mart

विज्ञहरुले सबै अस्पतालहरुले बिरामी उपचार गर्न सम्पूर्ण सेवाहरु तत्काल सञ्चालनमा ल्याउन सरकारलाई सुझाव दिएको छ।

पछिल्लो केहिदिनयता अस्पतालहरुले अन्य सम्पूर्ण सेवा बन्द गरी फिभर क्लिनिक मात्र सञ्चालन गरेको सन्दर्भमा सरकारलाई यस्तो सुझाव दिइएको विज्ञ टोलीका सदस्य डा.जयकिशोर लालले जानकारी दिए।

५० वा त्यसभन्दा बढी शैय्याको अस्पतालले न्यूनतम २० प्रतिशत शैय्या कोरोना बिरामीको लागि छुट्याउनुपर्ने सुझाव आफूहरुले दिएको उनले बताए।

विज्ञहरुले कोरोना बिरामी पत्ता लगाउन सबै अस्पतालमा फिभर क्लिनिक सञ्चालन गर्न, कोरोना उपचार हुने अस्पतालहरुमा आईसीयू, भेन्टिलेटर, सुविधासम्पन्न ल्याबको व्यवस्था गर्नपनि सरकारलाई सुझाव दिएको छ।

विज्ञहरुको प्रतिवेदन बुझ्दै मुख्यमन्त्री लालबाबु राउतले सुझावहरु अक्षरश पालन हुने प्रतिवद्धता जनाएका छन्।

विज्ञहरुको टोलीमा डा.रामकेवल साह, डा.विजयकुमार सिंह, डा.सुरेन्द्र यादव, डा.जयकिशोर लालसहितका चिकित्सकहरु छन्।

प्रकाशित: Apr 05, 2020| 19:11 आइतबार, चैत २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।