काठमाडौं– पर्सामा आठ किलो लागुऔषध गाँजासहित तीन जना आइतबार पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पर्सा, वीरगन्ज महानगरपालिका–३१, मिलन चोकका ४५ वर्षीय समसुदिन मियाँ अन्सारी, २० वर्षीय शेष अख्तार मियाँ र धनुषा, जनकपुर उपमहानगरपालिका–१३ का ५० वर्षीय जिबछ महतो छन्।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोस्ट, बिरुवागुठीको टोलीले पक्राउ गरेको हो। उनीहरूलाई गाँजा ओसारपसार भइरहेको सूचनाको आधारमा खटिएको टोलीले पर्सागढी नगरपालिका–३, झब्रा उमादेवी मन्दिरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, पर्साले आइतबार जारी विज्ञप्तिमा उल्लेख छ।
प्रहरीका अनुसार उनीहरूको साथबाट गाँजासहित ४ लिटर घरेलु मदिरा पनि बरामद गरिएको छ। उनीहरूलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।