शनिबार, वैशाख ८, २०८१

देउवाले गरे पूर्व प्रधानमन्त्रीहरुसँग छलफल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको संक्रमणबारे पूर्व प्रधानमन्त्रीहरुसँग टेलिफोनमा छलफल गरेका छन्।
 |  आइतबार, चैत २३, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २३, २०७६

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको संक्रमणबारे पूर्व प्रधानमन्त्रीहरुसँग टेलिफोनमा छलफल गरेका छन्।

triton college

पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले कोरोना संक्रमणबाट मुलुकलाई जोगाउन के कस्ता कामहरु गर्न सकिन्छ र राजनीतिक रुपमा कसरी हातेमालो गर्न सकिन्छ भन्नेबारे पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गरेका हुन्।

देउवाले आइतबार पूर्व प्रधानमन्त्रीहरु लोकेन्द्रबहादुर चन्द, पुष्पकमल दहाल, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई तथा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीसँग संवाद गरेका हुन्।

संवादमा मुलुकमा उत्पन्न संकटबाट नेपाल र नेपालीलाई जोगाउन एक्यवद्ध भएर अघि बढ्न देउवाले अपिल गरेको उनको सचिवालयले जनाएको छ।

कांग्रेस सभापति देउवाले यसअघि आफ्नो पार्टी सरकारलाई पूर्ण रुपमा सहयोग गर्न तयार रहेको स्पष्ट पार्दै सरकारका कदमलाई साथ दिन नागरिकहरुलाई अपिल गरेका थिए।

corrent noodles
Metro Mart

प्रकाशित: Apr 05, 2020| 14:24 आइतबार, चैत २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।