बिहीबार, वैशाख १३, २०८१

खोइ त ‘लकडाउन’ पालना ?

ग्रामीण भेगमा ‘लकडाउन’ को खासै वास्ता भएको देखिँदैन। सहरी क्षेत्रमा समेत यसको उल्लंघन भइरहेकाले कोरोना संक्रमणको जोखिम बढ्दो छ।
 |  आइतबार, चैत २३, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २३, २०७६

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिका–१ स्थित रेलवे स्टेसनछेउमा हरेक दिन बिहान तरकारी बजार लाग्छ। तरकारी किन्न हुलका हुल मानिस पुग्छन्। प्रहरी त्यहीँ उभिएको हुन्छ। तर, ‘लकडाउन’ को कुनै मापदण्ड पालना गरिँदैन।

triton college

वडा नम्बर १ का वडाध्यक्ष शत्रुध्न साहले तरकारी बजार व्यवस्थित गर्न प्रयास गरे पनि हालसम्म सफल हुन नसकेको बताए। उनले तरकारी बजारमा दूरी कायम हुन नसकेको स्वीकारे।

‘तरकारी जरुरी छ। तर आवश्यक दूरी बनाएर बजार व्यवस्थित गर्नुपर्ने हामीले पनि महसुस गरेका छौं,’ साहले भने, ‘प्रहरीलाई भनेका छौं, दूरी कायम गर्न सकिएन भने तरकारी बजार बन्द गरे हुन्छ।’

जनकपुरधाम–२४ भित्र पर्छ बसहिया। उपमहानगरभित्रै रहे पनि त्यहाँको परिवेश अझै ग्रामीण छ। बसहियाका अधिकांश स्थानीय ‘लकडाउन’ र सामाजिक दूरीबारे अनभिज्ञ छन्।

बसहियामा लाग्ने हाटमा सयौं मानिस एकै ठाउँमा जम्मा भएर किनमेल गर्छन्। त्यो भीडभाड न त स्थानीय प्रशासनले रोक्न सकेको न जनप्रनिधिले नै ‘लकडाउन’ पालन गर्न स्थानीयलाई सम्झाउन सकेका छन्।

corrent noodles
Metro Mart

बेलाबखत प्रहरी पुगेर ‘लकडाउन’ कार्यान्वयन गराएको जस्तो देखाए पनि कडाइ भने गर्न सकेको छैन।

चियापसल, हाटबजारमा हुलकाहुल मानिस जम्मा हुँदा पनि स्थानीय प्रशासनले कडाइ गर्न नसकेको बसहियाका स्थानीय मनीष कर्ण बताउँछन्। सामाजिक दुरी र लकडाउन कार्यान्वयन गराउन जनप्रतिनिधिको भूमिका प्रभावकारी हुन नसकेको उनको भनाइ छ।

वडा नम्बर २४ का वडाध्यक्ष सत्यनारायण साह आफ्नो वडामा ‘लकडाउन’ कार्यान्वयन हुन नसकेको स्वीकार्छन्।
‘हामीले प्रयास गरेका छौं। सम्झाइबुझाइ गरिरहेका छौं तर कार्यान्वयन हुन सकेको छैन,’ साहले भने, ‘बजार हाटमा भीड रोक्न नसकिए कोरोना संक्रमण जोखिम बढ्ने निश्चित छ।’

जनकपुरधाम–२४ बसहियामा आइतबार बिहान देखिएको चहलपहल। -नेपाल समय

 

शनिबार धनगढीकी महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ती महिला अर्का संक्रमित धनगढीका ३४ वर्षीय युवकका आफन्त हुन्। यसअघि विदेशबाट आएका व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो। स्थानीय ती महिला भने विदेश गएकी थिइनन्।

चिकित्सकले यसलाई ‘लोकल ट्रान्समिसन’ सुरु भएको भन्दै खतराको घण्टीका रुपमा हेरेका छन्। सरकारले पनि अब कोरोना संक्रमणको दोस्रो चरण सुरु भएको भन्दै ‘लकडाउन’ कडाइका साथ पालना गर्न आग्रह गरेको छ।

‘लोकल ट्रान्समिसन’ रोक्न नसकिए कोरोना संक्रमण समुदायमा फैलिने चेतावनी चिकित्सकले दिएका छन्। 

कोरोना ‘साइकल’ रोक्न सामाजिक दूरीबाहेक अन्य कुनै विकल्प नरहेको चिकित्सकले बताइरहँदा अझै यसको पूर्ण कार्यान्वयन हुन सकेको छैन्।
कोरोना भाइरस संक्रमण जोखिम कम गर्न सरकारले अहिले ‘लकडाउन’ लागू गरेर सबैलाई घरभित्रै बस्न भनेको छ।

तर ग्रामीण भेगमा ‘लकडाउन’ को खासै वास्ता भएको देखिँदैन। सहरी क्षेत्रमा समेत यसको उल्लंघन भइरहेकाले कोरोना संक्रमणको जोखिम बढ्दो छ।

प्रकाशित: Apr 05, 2020| 12:37 आइतबार, चैत २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।