शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • कोरोनाविरुद्ध लड्न बनाएको कोषमा लक्ष्मी बैंकको एक करोड

कोरोनाविरुद्ध लड्न बनाएको कोषमा लक्ष्मी बैंकको एक करोड

 |  आइतबार, चैत २३, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २३, २०७६

triton college
corrent noodles
Metro Mart

लक्ष्मी बैंकले कोरोनासँग लड्न सरकारले बनाएको कोषमा एक करोड रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । बैंकले ३० करोड रुपैयाँ संघिय सरकारले बनाएको कोषमा दिने भएको छ भने बाँकी ७ प्रदेशमा नै प्रदेश सरकारले बनाएको कोषमा १०÷१० लाख रुपैयाँको दरले रकम सहयोग गर्ने निर्णय गरेको हो ।

आइतबार बैंकले विज्ञप्ति जारी सो सहयोगबाट कोरोना संक्रमणको नियन्त्रण तथा संक्रमितको उपचारमा सहयोग पुग्ने दावी गरेको छ । महामारीबाट नियमित आर्थिक गतिविधि सञ्चालन नभएका कारण प्रत्यक्ष रूपमा प्रभावित व्यक्ति तथा परिवारलाई पनि सो रकमले राहत मिल्ने बैंकको दावी छ ।
सो रकम बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत दिएको पनि स्पष्ट पारेको छ ।

प्रकाशित: Apr 05, 2020| 11:34 आइतबार, चैत २३, २०७६
प्रतिक्रिया दिनुहोस्