शुक्रबार, वैशाख ७, २०८१

पाटन अस्पताललाई सनराइज बैंकको उपकरण सहयोग

 |  आइतबार, चैत २३, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २३, २०७६

triton college
corrent noodles
Metro Mart

सनराइज बैंकले पाटन अस्पताललाई व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ दिएको छ । आइतबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले पाटन अस्पतालमा २० थान व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ डा.विष्णु प्र. शर्मालाई हस्तान्तरण गरे ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पौड्यालले मुलुकमा आइपरेको कठिन परिस्थितीमा समेत चिकित्सक र नर्सले निभाएको भूमिका सराहनीय रहेको बताउँदै सामाजिक उत्तरदायित्व वहन गर्दै अस्पतालमा खटिने स्वास्थ्यकर्मीका लागि सहयोग गरेको बताए ।
सनराइज बैंकद्घारा उपकरण सहयोग जारी
सनराइज बैंकले सामाजिक उत्तरदायित्व वहन गर्दै सैनिक स्वास्थ्य महा निर्देशनालयलाई व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ दिएको छ । मंगलबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले ७० थान व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ सैनिक स्वास्थ्य महा निर्देशनालयका महा निर्देशक, सहायक रथी डा. नगेन्द्र के.सीलाई हस्तान्तरण गरे ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पौड्यालले मुलुकमा आइपरेको कठिन परिस्थितीमा समेत नेपाल सैनिकले निभाएको भूमिका सराहनीय रहेको बताउँदै सामाजिक उत्तरदायित्व वहन गर्दै अस्पतालमा खटिने स्वास्थ्यकर्मीका लागि सहयोग गरेको बताए ।

प्रकाशित: Apr 05, 2020| 11:06 आइतबार, चैत २३, २०७६
प्रतिक्रिया दिनुहोस्