महेन्द्रनगर– कोरोना भाइरस (कोभिड–१९) संक्रमणको अफवाह फैलाएको आरोपमा कन्चनपुरमा युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बेलडाँडी गाउँपालिका–२ का २३ वर्षीय गोपाल सुनार रहेको जिल्ला प्रहरी कार्यालय, कन्चनपुरले जनाएको छ।
उनलाई शुक्रबार उनको घरबाट पक्राउ गरिएको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्ति अनुसार गत बिहीबार सामाजिक सञ्जाल फेसबुकमा गोपाल सुनार नामको अकाउन्टमा ‘महेन्द्रनगरको अञ्चल अस्पतालमा एक जनाको मृत्यु, कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ’ स्टाटस राखिएको थियो।
सोही आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाबारे छानबिन गरिरहेको प्रहरीको भनाइ छ।