काठमाडौं– सुदूरपश्चिममा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएपछि नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ संक्रमितमध्ये कैलालीका दुई र कञ्चनपुरका एक जना छन्। तीमध्ये दुई जना भारतबाट फर्किएका हुन्।
मन्त्रालयका अनुसार भारतको उत्तराखण्डबाट फर्किएका कन्चनपुरका ४१ वर्षीय र मुम्बईबाट आएका कैलालीका २१ वर्षीय पुरुषमा कोरोना संक्रमण रिपोर्ट पोजेटिभ देखिएको हो। यस्तै, धनगढीका कोरोना संक्रमित एक व्यक्तिका आफन्तलाई पनि कोरोना संक्रमण देखिएको छ।
नेपालमा स्वदेशमै रहेकालाई कोरोना संक्रमण देखिएको यो पहिलो घटना हो। यसअघि दुबईबाट फर्किएका धनगढीका ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ।
याेसहित नेपालमा काेराेना संक्रमण ९ जनामा देखिएकाे छ। चीनबाट फर्किएका एकजनामा निकाे भइसकेकाे छ। अन्य संक्रमितमध्ये २ जनाको टेकु अस्पताल र २ जनाको बाग्लुङ र एक जनाको धनगढीमा उपचार भइरहेको छ। उनीहरूकाे अवस्था सामान्य रहेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।