काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर एक हजार २७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशभर ११ हजार ९४४ जनामा कोरोना परीक्षण गर्दा एक हजार २७१ जनामा संक्रमण पुष्टि भएको हो।
यही अवधिमा १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा नै एक हजार ८४५ जना संक्रमणमुक्त भएका छन्।
हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा सात लाख ७४ हजार ५८७ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८६ हजार २१९ जना पुगेको छ। यस्तै संक्रमितमध्ये ७ लाख ३५ हजार ६ जना निको भएका छन्।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १० हजार ९०३ पुगेको मन्त्रालयले जनाएको छ।