शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • लकडाउनले सीमामा परेको असरबारे एमनेस्टीको ध्यानाकर्षण

लकडाउनले सीमामा परेको असरबारे एमनेस्टीको ध्यानाकर्षण

एम्नेस्टी इन्टरनेशनल नेपालले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न लगाइएको लकडाउनका बेला विदेशी सीमानाका बन्दका कारण हजारौँ मानिसले गम्भीर असर भोगिरहेकोप्रति सरकारको ध्यानाकर्षण गराएको छ ।
 |  शुक्रबार, चैत २१, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २१, २०७६

एम्नेस्टी इन्टरनेशनल नेपालले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न लगाइएको लकडाउनका बेला विदेशी सीमानाका बन्दका कारण हजारौँ मानिसले गम्भीर असर भोगिरहेकोप्रति सरकारको ध्यानाकर्षण गराएको छ ।

triton college

एम्नेष्टीले जारी गरेको प्रेस विज्ञप्तिमा आप्रवासी श्रमिकहरू आफूले काम गरिरहेको मुलुकमा अपलत्र परिरहेका र नेपालमा गरिबीको अवस्थामा रहेका जनताले आफ्ना आधारभूत आवश्यकता परिपूर्ति गर्न सङ्घर्ष गरिरहेको उल्लेख छ । एम्नेस्टी इन्टरनेशनल नेपालका निर्देशक नीराजन थपलियाका अनुसार सीमान्तकृत समुदाय र माहामारीको अवस्थामा विशेष जोखिममा रहेकाको अधिकारअनुकूल हुनुपर्ने र यसका अतिरिक्त सरकारले स्वास्थ्य र जीवनयापनको जोखिममा रहेकाको संरक्षणका लागि उपयुक्त उपाय अवलम्वन गर्नुपर्ने उल्लेख छ ।

कतार र मलेशिया तथा छिमेकी भारतलगायतका देशमा पनि अहिले हप्तौँ लामो लकडाउन र अन्य सार्वजनिक स्वास्थ्यजन्य उपाय लागू गरिएकाले धेरै आप्रवासी श्रमिकले आफ्नो रोजगारी गुमाएर बेतलवी बिदामा बस्न बाध्य भएको अवस्थामा स्वास्थ्य सेवा, खाद्यान्न, आवासलगायतका आधारभूत आवश्यकतामा पर्याप्त पहुँच पुर्याउनुपर्ने उल्लेख छ ।

“यो महामारी फैलिएपछिको अवस्थामा राज्यले आप्रवासी श्रमिकलाई पर्याप्त संरक्षण प्रदान गरेका छैनन् र सम्बन्धित देशका अर्थतन्त्रलाई मजबुत पार्न उनीहरूले पुर्याएको योगदानलाई अहिले समग्ररूपमै बिर्सिइएको छ,” थपलियाले भने, “सबै श्रमिकले आफूले श्रम गरिरहेको देशमा पर्याप्त आवास सुविधामा पहुँच प्राप्त गरेको हुनुपर्दछ र यस्ता आवासका व्यवस्थामा आफूलाई सुरक्षित राख्न आवश्यक पानी र अन्य सरसफाइको प्रबन्ध तथा एक्लिएर रहन मिल्ने सुविधा पनि रहेको हुनुपर्छ ।”

काम गर्न नसकेमा वा बिरामी परेमा वा यी मुलुकमा क्वारेन्टाइनमा रहनुपरेमा उनीहरूले सामाजिक सुरक्षा संरक्षण र अन्य वित्तीय सहायतामा पहुँच प्राप्त गर्नुपर्ने उल्लेख छ । लकडाउनले दैनिक ज्यालादारी गर्ने श्रमिक, शरणार्थी र अनौपचारिक क्षेत्रमा रोजगारी गरिरहेकालगायत विभिन्न समूहलाई पनि असमानुपातिकरूपमा असर पारेको एम्नेष्टीले जनाएको छ ।
रासस

प्रकाशित: Apr 03, 2020| 11:55 शुक्रबार, चैत २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।