शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीलाई रेनकोट नै पीपीई

प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीलाई रेनकोट नै पीपीई

जनकपुरधाम– कोरोना भाइरसको संक्रमणलाई अहिले विश्वभर नै महामारीको रुपमा लिइएको छ ।
 |  शुक्रबार, चैत २१, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २१, २०७६

जनकपुरधाम– कोरोना भाइरसको संक्रमणलाई अहिले विश्वभर नै महामारीको रुपमा लिइएको छ । नेपालमा समेत केहीमा कोरोना पोजेटिभ देखिसकिएको छ । कोरोना संक्रमणको सम्भावित खतरालाई मध्यनजर गरी सरकारले मुलुकभर ‘लकडाउन’ गरेको छ ।

triton college

कोरोना संक्रमणको भय आमनागरिकलाई मात्र नभएर सबैभन्दा अगाडि मोर्चामा खटिने डाक्टर तथा स्वास्थ्यकर्मीहरुमा पनि उत्तिकै छ । संक्रमणकै भयले कतिपय अस्पताल तथा डाक्टरहरुले बिरामी जाँच्नसमेत छोडिसकेको गुनासाहरु पनि पर्याप्त आइरहेको छ । अस्पतालका साथै डाक्टरहरु आफ्नो पेशागत धर्म निर्वाह गर्न पछि हटेको आरोप लागिरहेको छ ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बिरामीको उपचार नगर्ने अस्पताल तथा चिकित्सकहरुलाई कारबाही गर्ने चेतावनी नै दिएका छन् । यहाँसम्म कि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिरामी नजाँच्ने अस्पताललाई कारबाहीको दायरामा ल्याउन प्रदेशस्थित सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र नै गरिसकेको छ ।

निस्फिक्री देहात

तर, डाक्टर एवं स्वास्थ्यकर्मीहरुको पीडा छुट्टै छ । तिव्र गतिमा संक्रमण फैलिने कोरोना जाँच गर्न आफूहरुसँग सुरक्षा कवच नहरेको डाक्टरहरुको भनाइ छ । पीपीई, मास्क, पञ्जालगायतका सुरक्षा उपकरणहरु नहुँदा बिरामी जाँच्न समस्या भइरहेको उनीहरुको भनाइ छ ।

कोरोना संक्रमण फैलिएपछि जनकपुरस्थित प्रादेशिक अस्पतालले आकस्मिकबाहेक अन्य सम्पूर्ण सेवा बन्द गरेर ज्वरोको मात्र जाँच गरिरहेको छ । गत आइतबारदेखि प्रादेशिक अस्पतालले ‘फिभर क्लिनिक’ मात्र सञ्चालन गरेको छ ।

corrent noodles
Metro Mart

तर, ‘फिभर क्लिनिक’ मा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुका लागि पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) नै छैन। उनीहरुका लागि रेनकोट नै पीपीई भएको छ ।

विहिबार प्रादेशिक अस्पतालमा डाक्टरहरु ज्वरोका बिरामीहरुको चेकजाँच गरिरहेका थिए । डाक्टरका सहयोगी स्वास्थ्यकर्मीहरु कोठा बाहिर बिरामीहरुको व्यवस्थापनमा व्यस्त देखिन्थे ।

न बिरामी जाँच्ने डाक्टरले पीपीई लगाएका थिए न त उनका सहयोगीहरुले नै । बिरामी जाँच गरिरहेका डाक्टर मनिष पाण्डेयको हातमा पञ्जा र अनुहारमा सामान्य मास्कमात्र थियो।

यसैगरी बिरामी व्यवस्थापन गर्न खटिएका अन्य स्वास्थ्यकर्मीहरुले रेनकोट लगाएका थिए । अस्पतालले पीपीई उपलब्ध नगराएपछि रेनकोट नै लगाएर ड्युटीमा खटिएको उनीहरुले बताए ।

भर क्लिनिकका संयोजक लालबाबु अन्सारीले पटकपटक माग गरेपनि अस्पतालले पीपीई र मास्क उपलब्ध नगराएपछि बाध्य भएर रेनकोट लगाएर खटिनु परेको बताए ।

‘जोखिम बढ्दो छ, अस्पतालले पीपीई दिन सकेको छैन,’ अन्सारीले भने, ‘बाध्यतावश हामीलाई रेनकोट प्रयोग गर्नुपरेको छ ।’ संघीय सरकारले पीपीई पठाएको सुनेपनि हालसम्म आफूहरुलाई उपलब्ध हुन नसकेको उनले बताए ।

‘ज्वरो लागेका बिरामीहरु जाँच गराउन अस्पताल आइरहेका छन्, कोरोना संक्रमणको जोखिम र त्रास छँदैछ, तर, हामीले सुरक्षित मास्कसमेत पाउन सकेका छैनौं,’ अन्सारीले भने,‘कपडाको सामान्यमास्क प्रयोग गरेर जेनतेन काम गर्नु परेको छ ।’

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका एक उच्चपदस्थ कर्मचारीका अनुसार संघीय सरकारले प्रदेश २ को लागि एक हजार थान पीपीई, मास्कलगायतका आवश्यक सुरक्षा सामग्री पठाएको छ ।

तीन दिनअघि ती सामग्रीहरु आइपुगे पनि प्रादेशिक अस्पतालका चिकित्सक एवं स्वास्थ्यकर्मीहरुले हालसम्म पाउन सकेका छैनन । सामाजिक विकास मन्त्रालयका ती कर्मचारीले सबै चिकित्सक एवं स्वास्थ्यकर्मीहरुलाई पीपीई आवश्यक नरहेको बताए । कोरोना शंकास्पद बिरामीको उपचारमा खटिएका चिकित्सक एवं स्वास्थ्यकर्मीहरुलाई पीपीई उपलब्ध गराइने उनको भनाइ छ ।

प्रकाशित: Apr 03, 2020| 07:27 शुक्रबार, चैत २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।