शुक्रबार, वैशाख ७, २०८१

निस्फिक्री देहात

जनकपुरधाम– कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले देशभर ‘लकडाउन’ गरेको छ । भीडभाड हुन नदिन बजार, पसल, यातायात पूर्ण रुपले ठप्प छ । सरकारले ‘लडकाउन’ अवधिभर सबैलाई घरभित्रै बस्न भनेको छ । र, यसो गर्नुको मुख्य आशय कोरोना संक्रमण रोक्नु हो ।
 |  बिहीबार, चैत २०, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २०, २०७६

जनकपुरधाम– कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले देशभर ‘लकडाउन’ गरेको छ । भीडभाड हुन नदिन बजार, पसल, यातायात पूर्ण रुपले ठप्प छ । सरकारले ‘लडकाउन’ अवधिभर सबैलाई घरभित्रै बस्न भनेको छ । र, यसो गर्नुको मुख्य आशय कोरोना संक्रमण रोक्नु हो ।

triton college

‘लकडाउन’ लागु भएको एक साता बितिसक्दा समेत ग्रामीण भेग भने यसबारे अझै बेखबर छ । कोरोना संक्रमण रोकथाम गर्न ‘लकडाउन’ गरिए पनि कतिपयको लागि रमाइलो भएको छ भने कतिपयका लागि समस्या ।

‘लकडाउन’ पछि मुख्य रुपले दैनिक मजदुरी गरेर जीवीकोपार्जन गर्नेहरु समस्यामा परेका छन् । उनीहरुको कामधन्धा ठप्प भएको छ । आर्थिक स्रोतको बाटो बन्द भएको छ, उनीहरुको ।

हुनत प्रदेश सरकारले ‘लकडाउन’ का कारण समस्यामा परेकाहरुलाई राहत उपलब्ध गराउन सबै पालिकाहरुमा पैसा पठाएको जनाएको छ । तत्काल महानगरलाई २५ लाख, उपमहानगरलाई २० लाख, नगरपालिकालाई १५ लाख र गाउँपालिकालाई १० लाखको दरले पैसा पठाइएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । आवश्यक परे थप रकम पठाइने प्रदेश सरकारले भनेको छ ।

भारतीय सीमा नजिकै रहेको धनुषाको दक्षिणवर्ती गाउँपालिका हो– मुखियापट्टी मुसहरनिया । मुखियापट्टी मुसहरनियाबाट भारतीय नाका पुग्न मुस्किलले १०–१५ मिनेट हिँड्नुपर्छ । भारतको विहार राज्यमै कोरोना संक्रमित बिरामी बढिरहे पनि मुखियापट्टी मुसहरनिया गाउँपालिकाका वासिन्दाले ‘लकडाउन’ लाई खासै वास्ता गरेका छैनन् ।

corrent noodles
Metro Mart

कोही गाउँकै चियापसलमा गफ गरेर बसेका छन् भने कतिपय समूहमै खेतमा काम गरिरहेका छन् । खेतबाट मसुरोलगायतका कृषिजन्य सामग्री भित्र्याउने चटारोले कृषकहरुलाई ‘लकडाउन’ ले छोएको छैन ।मुखियापट्टी मुसहरनियामात्र होइन, अधिकांश ग्रामीण क्षेत्रहरुमा ‘लकडाउन’ कार्यान्वयन भएको छैन ।

सहरी क्षेत्रमा ‘लकडाउन’ केही हदसम्म पालना भइरहे पनि ग्रामीण भेगमा अझै हाटबजार लागिरहेको छ भने पसलहरु सञ्चालन भइरहेका छन् । ‘लकडाउन’ कार्यान्वयन गराउन सम्पूर्ण सुरक्षा संयन्त्र पनि सहर केन्द्रित भएको देखिन्छ ।

धनुषाको नगराईन नगरपालिकाको नगराईन बस्ने सञ्जय कर्ण भन्छन्, ‘ग्रामीण भेगमा ‘लकडाउन’ पूर्ण रुपले कार्यान्वयन हुनसकेको छैन । अपरान्ह ४ बजेपछि हाटबजार सुरु हुन्छ । मानिसहरुको भीडभाड बढ्छ ।’ मध्यान्हमा बजारहरु बन्द रहेपनि साँझ सबै खुल्ने गरेको उनले बताए ।

कोरोना संक्रमण रोकथामका लागि ‘लकडाउन’ गरिएको अझै धेरैले बुझ्न नसकेको उनको भनाइ छ । कोरोना संक्रमण रोकथाम गर्न सर्वसाधारणलाई यसबारे जागरुक गराउन स्थानीय तहले पहल गर्नुपर्ने उनले बताए ।

‘कोरोना संक्रमणको हल्ला चलेपछि वैदेशिक रोजगारमा रहेका अधिकांश मानिसहरु घर फर्केका छन्,’ कर्ण भन्छन्, ‘उनीहरु पनि हाटबजार र चिया पसलहरुमा पुगिरहेका छन् । त्यस्ता मानिसहरुको पहिचान गरी स्थानीय तहहरुले क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्नुपर्छ।’

कोरोना संक्रमणको रोकथामबारे जानकारी गराउन स्थानीय तहहरुले चेतनामूलक सन्देशहरु प्रचारप्रसार नगरेको पनि होइन । सबैजसो स्थानीय तहहरुले आ–आफ्नो पालिकाहरुमा माइकिङ नै गराइरहेका छन् । तर, खासै प्रभाव भने परेको छैन ।

नगराईन नगरपालिकाका मेयर परमेश्वर यादव कोरोना संक्रमणबाट जोगिन ‘लकडाउन’ को पूर्ण पालना गरेर भित्रै बस्न आफूहरुले माइकिङ गराइरहेको बताउँछन् । कोरोनाको रोकथाम तथा संक्रमणबाट जोगिने उपायहरुबारे जानकारी गराउन वडास्तरमै काम भइरहेको उनले बताए ।

‘हुनेखानेलाई ‘लकडाउन’ होस् या बन्द हड्ताल केही फरक पर्दैैन तर दैनिक ज्यालादारी र मजदुरी गर्नेलाई परिवार पाल्न कठिनाइ छ,’ मुखियापट्टी मुसहरनिया गाउँपालिकाका गणेश राम भन्छन् ।

सरकारले पालिकाहरुलाई पठाएको पैसाबारे गणेशलाई जानकारी छ । उनी भन्छन्, ‘प्रदेश सरकारले गरिब तथा विपन्नको लागि पैसा पठाएको सुनेको छु, त्यो पैसा हामीले कहिले पाउने ठेगान छैन । अहिले त दुई छाक टार्न समेत समस्या भएको छ ।’

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रामेश्वर कार्की ग्रामीण भेगमा ‘लकडाउन’ उल्लंघन भइरहेको बताउँछन् । ‘कतिपय ठाउँहरुमा हाटबजार लागिरहेको खबर हामीलाई पनि आएको छ, त्यसलाई रोक्न मातहतका निकायलाई निर्देशन दिइएको छ,’ कार्कीले भने, ‘लकडाउन’ आफ्नै सुरक्षाको लागि हो भन्ने हामी सबैले बुझ्नुपर्छ। यसलाई कार्यान्वयन गराउन सुरक्षा निकाय जोडतोडले लागेको छ ।’

प्रकाशित: Apr 02, 2020| 14:01 बिहीबार, चैत २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।