एजेन्सी– १३ औं संस्करणको महिला युरोपियन फुटबल च्याम्पियनसिप (युरो कप) एक वर्ष पछि सारिएको छ। इंग्ल्यान्डका हुने भएको युरो २०२१ लाई एक वर्ष सारेर २०२२ को समरमा गर्न लागिएको हो।
कोरोना भाइरसको संक्रमणका कारण पुरुष युरोपियन फुटबल प्रतियोगिता युरोकप २०२० र टोकियो ओलम्पिक एक वर्ष पछि सरेपछि महिलाको प्रतियोगिता पनि सर्ने आँकलन गरिएको थियो।
युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफइले बैठकहरु गर्दै प्रतियोगिता सञ्चालन गर्ने वा स्थगित गर्नेबारे निर्णय गरिरहेको छ। बुधबार बसेको युईएफएको ५५ सदस्यीय बैठकमा २०२१ मा हुने प्रतियोगिता एक वर्ष पछि सार्न सहमति भएको हो।
प्रतियोगितामा एक वर्ष पछि सरेपछि महिलाका दुई शीर्ष प्रतियोगिता ओलम्पिक र युरो कप पनि नजुध्ने भएको छ।
तीन युरोपिन राष्ट्र इंग्ल्यान्ड, नेदरल्यान्ड र स्विडेन यसअघि नै ओलम्पिकको लागि क्वालिफाइ भइसकेका छन्।
यता युरो कपको लागि क्वलिफिकेसनका खेल सकिएका छैनन्। सारेर २०२२ मा पुर्याइएको प्रतियोगिता गर्ने मिति भने तोकिएको छैन।
युरोपियन क्लब फुटबलको शीर्ष प्रतियोगिता च्याम्पियन्स लिग र युरोपा लिग अनिश्चत कालका लागि स्थगित भएको छ।
युईएफएका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि प्रतियोगिता स्थगित गरिएको हो।
युरोपमा जुन सम्मका लागि सबै राष्ट्रिय प्रतियोगिताहरु स्थगन भइसकेका छन्। युरो कपको प्लेअफ खेलदेखि लिएर युरो क्वालिफाइङ र महिला युरोकप स्थगन भइसक्दा च्याम्पियन्स लिग पनि अनिश्चितकालका लागि स्थगित भएको हो।