बिहीबार, वैशाख १३, २०८१

सुर्खेतबाट तीन थुनुवा फरार

सुर्खेतबाट तीन जना थुनुवा फरार भएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका तीन जना थुनुवाहरु फरार भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक लोकनाथ तिम्सिनाले पुष्टि गरे। उनका अनुसार राति करिब १ बजेतिर थुनुवा कक्षको झ्याल तोडेर फरार भएका थिए।
 |  बिहीबार, चैत २०, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २०, २०७६

triton college
corrent noodles
Metro Mart

सुर्खेत - सुर्खेतबाट तीन जना थुनुवा फरार भएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका तीन जना थुनुवाहरु फरार भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक लोकनाथ तिम्सिनाले पुष्टि गरे। उनका अनुसार राति करिब १ बजेतिर थुनुवा कक्षको झ्याल तोडेर फरार भएका थिए।

फरार हुनेहरुमा वीरेन्द्रनगर–६ का २६ वर्षीय रोशनराज रेग्मी र वीरेन्द्रनगर–३ का २० वर्षीय सुनिल थारु र भेरी गंगा नगरपालिका घर भएका वीरेन्द्रनगर–११ बस्ने २१ वर्षीय सन्देश कसेरा रहेका छन्। लागूऔषध कारोबार अभियोगमा थारु र रेग्मी चैत १६ गते कसेरा फागुन २५ गते पक्राउ परेका थिए। 

यसैबीच घटना छानबिनका लागि समिति गठन गरिएको छ। प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिना, दंगा नियन्त्रण प्रहरी गणमा कार्यरत प्रहरी उपरीक्षक भोला रावलको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ। छानबिन समितिको सदस्यहरूमा प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिना, प्रहरी निरीक्षक सुरज खड्का, प्रहरी सहायक निरीक्षक प्रेम शर्मा र प्रहरी नायब निरीक्षक अमर रावत रहेका छन्। समितिले पाँच दिनभित्र घटनाबारे पाँच दिनभित्र प्रतिवेदन तयार पार्ने छ।

प्रकाशित: Apr 02, 2020| 13:03 बिहीबार, चैत २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।