कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनमा अब यसबाट संक्रमित भएका बिरामीको संख्या २ हजार ६ सय ४० बाँकी छ।
जोन हप्किन्स विश्वविद्यालयका अनुसार चीनमा ८२ हजार ३ सय ६१ जनालाई कोरोना भाइरसको लक्षण देखिएको थियो। यीमध्ये ३ हजार ३ सय १६ जनाको मृत्यु भएको छ। संक्रमितमध्ये ७६ हजार ४०५ जना स्वास्थ्य लाभ गरेर घर फर्किसकेका छन्।
बाँकी २ हजार ६ सय ४० बिरामीको उपचार भइरहेको छ। करिब ४ सय जनाको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
गत डिसेम्बर अन्तिम साताबाट देखापरेको कोरोना अमेरिका, इटाली, स्पेनलगायत देशमा अहिले प्रकोपका रुपमा फैलिरहेको छ। इटालीमा सबैभन्दा धेरै १३ हजार १ सय ५५ मानिसको ज्यान गएको छ। इटालीपछि स्पेन र त्यसपछि अमेरिका छन्।