शुक्रबार, वैशाख १४, २०८१

कर्णालीमा भित्रिए आठ हजार व्यक्ति विदेशबाट

कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले कर्णालीमा आठ हजार ६५० नागरिक विदेशबाट भित्रिएका तथ्याङ्क निकालेको छ ।
 |  बुधबार, चैत १९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १९, २०७६

कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले कर्णालीमा आठ हजार ६५० नागरिक विदेशबाट भित्रिएका तथ्याङ्क निकालेको छ ।

triton college

प्रदेश सरकारको यही चैत्र ७ गते बसेको प्रदेश विपद् परिषद्को बैठकद्वारा कर्णालीबासीलाई १० दिनभित्र आईपुग्न गरेको आह्वानपश्चात विदेशबाट यहाँ भित्रिने आठ हजार ६५० नागरिकको तथ्याङ्क सङ्कलन भएको हो ।

मन्त्रालयले विदेशबाट स्वदेश भित्रिने नागरिकको सङ्ख्यामा जुम्लामा सबैभन्दा बढी पाँच हजार ८० रहेका जनाएको छ । कर्णालीमा भारतबाट भित्रिने नागरिक बढी रहेका सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिए। कामको सिलसिलामा भारत गएका नागरिकको फर्कने सङ्ख्यालाई मध्यनजर गरेर वीरेन्द्रनगरको खुलामञ्चमा ४०० निगरानी कक्ष बनाइएको र हाल त्यसमा १९२ व्यक्तिलाई राखिएको उनले बताए।

यहाँका १० वटै जिल्लागरी ५२५ व्यक्तिलाई क्वारेन्टाइन र एकजनालाई आइसोलेसनमा राखिएको तर कोरोना सङ्क्रमित कोही नभएको उनको भनाइ छ ।
दशै जिल्लाका प्रजिअबाटै स्थानीय तहमा भित्रिएका नागरिकको लगत सङ्कलन, क्वारेन्टाइन निर्माण, आईसोलेसन र जिल्लाको संरचनाको विवरण एकिन गर्न थालिएको र त्यही अनुरुप ‘कोभिड–१९’ प्रतिकार्यको अभियानमा थप तीब्रता दिने प्रदेश सरकारले जनाएको छ ।
रासस

प्रकाशित: Apr 01, 2020| 19:07 बुधबार, चैत १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।