बुधबार, वैशाख १२, २०८१

ट्राफिक महाशाखामा ‘कोरोना भाइरस समन्वय डेस्क’

महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोरोना भाइरसको सङ्क्रमण रोक्न प्रहरी नायव उपरीक्षकको नेतृत्वमा स्वास्थ्यकर्मीसहितको ‘कोरोना भाइरस समन्वय डेस्क’ स्थापना गरेको छ ।
 |  बुधबार, चैत १९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १९, २०७६

महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोरोना भाइरसको सङ्क्रमण रोक्न प्रहरी नायव उपरीक्षकको नेतृत्वमा स्वास्थ्यकर्मीसहितको ‘कोरोना भाइरस समन्वय डेस्क’ स्थापना गरेको छ ।

triton college

उक्त डेस्क स्थापना गरी महाशाखाले २५ जना राख्न मिल्ने क्वारेन्टाइन वार्डसमेत तयार गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए। वर्तमान समयमा विशेष परिस्थिति र आवश्यकताका आधारमा मात्र प्रहरी कर्मचारीलाई बिदा दिने व्यवस्था मिलाइएको जानकारी दिँदै उनले बिदाबाट फर्किएकालाई अनिवार्यरुपमा १४ दिन क्वोरेन्टाइनमा राखेर जाँचपछि मात्रै कार्यस्थलमा खटाउने व्यवस्था मिलाइएको बताए ।

महाशाखाले सबै ट्राफिक प्रहरीलाई ड्युटीपश्चात ब्यारेक हाताभित्र नै लक डाउन गरिएको छ । कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै महाशाखाले दैनिक सडकमा खटिनुपर्ने ट्राफिक प्रहरीलाई विशेष सतर्कता अपनाउन भनिएको उहाँले बताउनुभयो । आजदेखि महाशाखाले बाहिरी प्रवेशद्धारमा पिपिई पोसाक लगाएका स्वास्थ्यकर्मीबाट थर्मल गनमार्फत ज्वरो नाप्ने व्यवस्था मिलाएको छ ।

महाशाखाले प्राविधिकको सहयोगमा आफैँ सेनिटाइजर उत्पादन गरी प्रत्येक ट्राफिक प्रहरीलाई सेनिटाइजर र मास्क पनि वितरण गरिसकेको छ ।
रासस

प्रकाशित: Apr 01, 2020| 19:05 बुधबार, चैत १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।