जल तथा मौसम पूर्वानुमान विभागले देशको पहाडी भूभागका केही स्थानमा प्रि-मनसुन गतिविधि सक्रिय भएको जनाएको छ।
यसका कारण केही समयको लागि मेघ गर्जन, चट्याङ, असिना तथा हावाहुरी सहित वर्षा भइरहेको विभागको भनाइ छ।
काठमाडौं उपत्यकामा पनि हावाहुरी चलेको छ।
भोलि बिहीबार देशका पहाडी भागमा आँशिक बदली रही अपरान्हपछि मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ भने पर्सी शुक्रबार भने मौसम सफा रहने देखिएको छ ।
हावाहुरीको मौसम सुरु भएकाले सचेत रहन विभागले आग्रह गरेको छ।