शुक्रबार, वैशाख १४, २०८१

बाजुरामा रुघाखोकीले तीन सय परिवार प्रभावित

बाजुराको खप्तड छेडेदह गाउँपालिका–३ पुडाबाब्लाको गाउँवासी रुघाखोकीको सङ्क्रमणले थला परेका छन् । एक सातादेखि फैलिएको रुघाखोकीको सङ्क्रमणले ३०० बढी परिवारका सदस्य बिरामी परेका छन् । रुघाखोकी र ज्वरोले एक घरका दुईदेखि पाँच जना सम्म प्रकोपका कारण बिरामी परेको वडाध्यक्ष दीपक रावतले बताए।
 |  बुधबार, चैत १९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १९, २०७६

triton college
corrent noodles
Metro Mart

बाजुराको खप्तड छेडेदह गाउँपालिका–३ पुडाबाब्लाको गाउँवासी रुघाखोकीको सङ्क्रमणले थला परेका छन् । एक सातादेखि फैलिएको रुघाखोकीको सङ्क्रमणले ३०० बढी परिवारका सदस्य बिरामी परेका छन् । रुघाखोकी र ज्वरोले एक घरका दुईदेखि पाँच जना सम्म प्रकोपका कारण बिरामी परेको वडाध्यक्ष दीपक रावतले बताए।

सामान्य खोकी लाग्ने, ज्वरो आउने, रिङ्गटा लाग्ने, खान मन नलाग्ने र शरीर थकित हुनेजस्ता लक्षण बिरामीमा देखिएको स्वास्थ्यकर्मी गणेश रावतले बताए। परिवार नै रुघाखोकीले थला परेपछि सहयोग गर्ने मान्छेसमेत गाउँमा भेटिन छाडेको छ । लकडाउनको समयमा पुडाबाब्ला रुघाखोकीको प्रकोपका कारण थला परेको छ । प्रत्येक घरमा बालबालिकादेखि वृद्धवृद्धा सबै बिरामी परेपछि पानी बोकेर ल्याइदिने मान्छेको समेत अभाव छ ।

गाउँपालिकाका स्वास्थ्य संयोजक नन्दबहादुर रावतले मौसम परिवर्तनका कारण रुघाखोकीको प्रकोप देखिएकाले डराउनुपर्ने अवस्था नरहेको बताउए। बिरामीमध्ये अधिकांश सामान्य अवस्थाका भए पनि केहीलाई गाह्रो भएको अवस्था छ । गाउँ नै रुघाखोकीको सङ्क्रमणले थला परेपछि गाउँपालिका अध्यक्षसहित स्वास्थ्यकर्मीको टोली आएर गाउँमै आधारभूत स्वास्थ्य एकाइ सञ्चालन गरिएको छ ।
रासस

प्रकाशित: Apr 01, 2020| 09:37 बुधबार, चैत १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।