शुक्रबार, वैशाख ७, २०८१

संखुवासभा जिल्ला अस्पतालमा भेन्टिलेटर जडान

संखुवासभा अस्पताल भेन्टिलेटर सुविधा प्रदेश १ को पहिलो पहाडी जिल्ला बनेको छ।
 |  मंगलबार, चैत १८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १८, २०७६

इटहरी- खाँदबारीस्थित संखुवासभा जिल्ला अस्पतालमा पहिलोपटक भेन्टिलेटर जडान गरिएकाे छ। योसँगै संखुवासभा अस्पताल भेन्टिलेटर सुविधा भएकाे प्रदेश १ को पहिलो पहाडी जिल्ला बनेको छ।

triton college

अरुण तेस्रो जलविद्युत परियोजनाको उत्पादक एसजेभीएन अरुण थर्ड पावर विकास कम्पनीले मंगलबार दुइवटा भेन्टिलेटर सहयोग गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यले बताए।

शाक्यका अनुसार कम्पनीले ३ वटा अत्याधुनिक आईसीयू शय्यासमेत सहगोग गरेको छ। उनले नेपाल समयसँग टेलिफोनमा भने, ‘कम्पनीले ८७ लाख रुपैयाँ बढीका पीपीई, अक्सिजन कनसन्ट्रेटर, पल्स अक्सिमिटरदेखि आधुनिक आईसीयू शय्या र भेन्टिलेटर सहयोग गरेको छ।'

अस्पतालमा यसअघि भेन्टिलेटर र आधुनिक आईसीयू थिएनन्। शाक्यका अनुसार कम्पनीले १ करोड ५ लाखको उपकरण सहयोग गर्ने सम्झौता गरेको छ। बाँकी उपकरण क्रमशः उपलब्ध हुने शाक्यले बताए। एसजेभीएन निर्माणाधीन ९०० मेगावाटको जलविद्युत उत्पादक कम्पनी हो।

५० शय्याको अस्पतालमा ७ शय्या आइसोलेसनका लागि छुट्याइएको समिति अध्यक्ष शाक्यले बताए। उनले भने, ‘आइसोलेसन वार्डमा कोभिड–१९ का शंस्कास्पद बिरामीको उपचारमा आवश्यक सबै प्राविधिक सहयोग आएपछि सजिलो भएको छ।’

corrent noodles
Metro Mart

उत्पादक कम्पनीका सीईओ अरुन दिमनले विज्ञप्ति जारी गर्दै मार्च दोस्रो साताबाट नेपाल र भारतमा परियोजनाका कामदार आवागमन बन्द गरिएको बताए। मार्च २३ बाट अरुण आयोजनाका सबै काम स्थगन गरिएको छ।

प्रकाशित: Mar 31, 2020| 21:28 मंगलबार, चैत १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।