बिहीबार, वैशाख ६, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसको सन्देश : कोरोनाविरुद्ध सँगै लडौँ, राहत प्याकेज व्यवस्थित गर, सीमामा राेकिएकाको उद्धार गर

कांग्रेसको सन्देश : कोरोनाविरुद्ध सँगै लडौँ, राहत प्याकेज व्यवस्थित गर, सीमामा राेकिएकाको उद्धार गर

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसविरुद्धको महामारीविरुद्ध लड्न नेपाली कांग्रेसले सबै प्रकारको सहयोग गर्ने बताएका छन्।
 |  मंगलबार, चैत १८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १८, २०७६

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको महामारीविरुद्ध लड्न नेपाली कांग्रेसले सबै प्रकारको सहयोग गर्ने बताएका छन्।

triton college

उनले सरकारले निर्धारण गरेका रणनीतिहरुलाई कांग्रेसले सम्पूर्ण रुपमा साथ दिने भन्दै सरकारमा नरहेर पनि यस्तो अभियानमा आफूहरु सँगै लड्न तयार रहेको बताएका छन्।

मंगलबार एक सार्वजनिक अपिल जारी गर्दै सभापति देउवाले सरकारले गरेको लक डाउनलाई अझ इमान्दारीका साथ पालना गर्न र गराउन पार्टीका नेता कार्यकर्ता तथा सम्पूर्ण नेपाली नागरिकलाई आग्रहसमेत गरेका छन्।

सभापति देउवाले हालसम्मको आफ्नो कार्य प्रगति र कमजोरीको वस्तुगत समिक्षा गरेर सरकारलाई प्रभावकारी रूपमा गति बढाउन पनि आग्रह गरेका छन्।

साथै उनले आयात पश्चात् पनि पिपिई लगायत अत्यावश्यक सामग्री कयौं ठाउँमा नपुगेको भन्ने सुनिएकाले सरकारको ध्यानाकर्षण गराएका छन्।

corrent noodles
Metro Mart

देउवाले स्वास्थकर्मीहरुको उच्च मानवीय भावना र समर्पणले यो भाइरसलाई परास्त गर्न सकिने भन्दै नेपालभरिका स्वास्थकर्मीहरुप्रति नेपालीको गहिरो भावनात्मक स्नेहको साथ रहेकोे स्मरण गराएका छन्।

सञ्चारमाध्यमलाई पनि राहत देउ

कांग्रेस सभापति देउवाले सरकारले घाेषणा गरेकाे आर्थिक राहत पर्याप्त नभएको टिप्पणी गरेका छन्। जारी अपिलमा भनिएको छ, ‘व्यवस्थित प्याकेज घोषणा गर्न हामीले अपिल गरि आएका थियौं, आएको प्याकेज एक हदसम्म सकारात्मक भए पनि यो पर्याप्त छैन। ब्याजको किस्ता तिर्ने समयावधि थपेर मात्र पुग्दैन सबै खाले ब्यवसायीको ऋणको ब्याज घटाएर राज्यले प्रतिकुलतामा राहत अनुभूति गराउनु पर्दछ।’

साथै अपिलमा भनिएको छ, ‘२० लाखसम्म ऋण लिएर ब्यवसाय गरिरहेका साना ब्यवसायीका हकमा ३ महिनासम्मको ब्याज मिनाहा नै गर्न म फेरि पनि सरकारलाई अपिल गर्दछु।’

त्यस्तै अपिलमा महामारीका बेला पनि अहोरात्र खटिएका सञ्चारमाध्यमका लागि पनि राहतको कार्यक्रम ल्याउन आग्रह गरिएको छ।

देउवाले भनेका छन्, ‘लक डाउनले व्यवसायलाई परेको प्रत्यक्ष असरले बिज्ञापनको क्षेत्रलाई सोझै आघात पुर्‍याएको छ। परिणाममा संचार माध्यमहरुले पनि त्यसको असर व्यहोर्नुपर्नेछ। अत राज्यको चौथो अंग तथा त्यसमा कार्यरत श्रमजीवी पत्रकारको हकमा अलग्गै राहत योजनाको निर्माण गर्न म सरकारलाई आग्रह गर्दछु।’

त्यस्तै विद्यार्थीलाई पनि राहत दिन देउवाले माग गरेका छन्।

उनले भनेका छन्, ‘रोजगार कार्यक्रमका नाममा अघिल्लो वर्ष अनुत्पादक ढंगले अर्बौं रुपैयाँ ब्यय भएको थियो। लक डाउनको यो समयमा कष्ट भोगिरहेका बेरोजगारहरु एवम् अध्ययनका लागि शहरी क्षेत्रमा डेरा गरी बसेका विद्यार्थीलाई फरक राहतको कार्यक्रम ल्याउनु सरकारको दायित्व रहेकोे स्मरण गराउदछु।’

देउवाले ज्यालादारी श्रमिकलाई राहत पुर्याउने फास्ट ट्रयाकको विधि निर्माण र कार्यान्वयन गर्न तिनै तहका सरकारलाई अपिल गरेका छन्।

उनले लक डाउन लम्ब्याउनु पर्ने स्थितिले विभिन्न ठाउँमा फस्न पुगेका नेपालीलाई निकै कष्ट पुगेको भन्दै देशको विभिन्न भागबाट आफ्नो घर जान चाहेका तर लक डाउनका कारण जान नपाइ अफ्ट्यारोमा परेकाहरुका लागि वैकल्पिक उपाय निर्माण सरकारको ध्यानाकर्षण गराएका छन्।

देउवाले विभिन्न देशबाट आफ्नो देश फर्कन चाहनेहरुको हकमा तथा अध्ययन, श्रम र तिर्थ यात्रा क्रममा भारतको विभिन्न राज्यमा अड्किएका नेपालीहरुको उद्दार गर्न सरकारले जरुरी कुटनैतिक पहल गर्न अत्यावश्यक रहेको बताएका छन्।

उनले उद्धारपूर्वको अवस्थामा गास बासको व्यवस्थापनका लागि दूतावास मार्फत स्थानीय रूपमा पहल गर्न पनि आग्रह गरेका छन्।

देउवाले भारतका विभिन्न स्थानबाट महाकाली पारी सयौंको संख्यामा आइपुगेर दार्चुला प्रवेश गर्न चाहँदा उत्पन्न जटिलताको ब्यवहारिक हल खोज्न सरकारलाई अनुरोध गरेका छन्।

प्रकाशित: Mar 31, 2020| 18:09 मंगलबार, चैत १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।