शुक्रबार, वैशाख ७, २०८१

आगलागीमा ६० लाखको धनमाल नष्ट

देशका विभिन्न ठाउँमा आगलागी हुँदा ६० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ।
 |  मंगलबार, चैत १८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १८, २०७६

काठमाडौं- देशका विभिन्न ठाउँमा आगलागी हुँदा ६० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ।

triton college

सुनसरीको कोसी गाउँपालिका–३ का भुनेश्वर सरदारलगायत ५ जनाको घरमा सोमबार साँझ आगलागी हुँदा १८ लाख ३२ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

यस्तै उदयपुरको उदयपुरगढी गाउँपालिका–५ फाटका होमबहादुर सुवेदीको गोठमा आगलागी हुँदा २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

सर्लाहीको गोडैता नगरपालिका–११ का मुनाई मण्डल र कसिन्द्र मण्डलको घर र गोठमा आगलागी हुँदा करिब ७ लाख ३ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

सर्लाहीकै लालबन्दी नगरपालिका–६ का पदम बहादुर कटवालको पार्किङ गरी राखेको ना.६ ख ७१६९ नम्बरको बसमा आगलागी हुँदा बस जलेर करिब २५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

corrent noodles
Metro Mart

सप्तरीको बोदेबर्साईन नगरपालिका–६ मलहनियाका शिवु यादवको कच्ची घर र गोठमा आगलागी हुँदा नगद ५० हजार रुपैयाँसहित ५ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 31, 2020| 16:14 मंगलबार, चैत १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।