बाँके-बाँकेको कोहलपुरमा एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
कोहलपुर नगरपालिका–११ मा एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार मृत्यु हुनेमा कालीकोटको नरहरिनाथ गाउँपालिकाकी २३ वर्षीया शोभा भट्ट छिन्।
नेपालगन्ज मेडिकल कलेज कोहलपुरबाट नेपालगन्जतर्फ जाँदै गरेको भे१च ८२४ नम्बरको एम्बुलेन्स र से५प ४८४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको हो।
मोटरसाइकल चालक नरहरिनाथ गाउँपालिकाका द्वन्द्वविक्रम विष्ट गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए। एम्बुलेन्स चालक बारबर्दिया नगरपालिका–६ का रामबहादुर थारू सामान्य घाइते छन्।