बिहीबार, वैशाख ६, २०८१
  • गृहपृष्ठ
  • समाज
  • भेटेरिनरी डाक्टर भन्छन्, ‘महामारीको मुखमा छौं, हाम्रा प्रयोगशाला र जनशक्ति पनि उपयोग गरौं'

भेटेरिनरी डाक्टर भन्छन्, ‘महामारीको मुखमा छौं, हाम्रा प्रयोगशाला र जनशक्ति पनि उपयोग गरौं'

‘हामीकहाँ हजारभन्दा कम बिरामीमा परीक्षण भएकाले रोगको यकिन अवस्था अज्ञात छ। संक्रमित बिस्तारै देखिँदै छन्। महामारी आउनुअघि नै परीक्षण व्यापक बनाउनुपर्छ ।’
 |  मंगलबार, चैत १८, २०७६

महेश्वर आचार्य

महेश्वर आचार्य

मंगलबार, चैत १८, २०७६

भारतले महाराष्ट्र र केरलमा कोरोनाविरुद्ध भेटेरिनरी डाक्टर खटाएको छ। नेपालका झन्डै १२ सय भेटेरिनरी डाक्टर सहयोगका लागि तयार छन्। तर सरकारले सहयोग लिन चासो देखाएको छैन।

triton college

काठमाडौं- पशु स्वास्थ्य क्षेत्रमा संलग्न विज्ञहरुले कोरोना परीक्षणमा ढिलाइ हुँदा महामारी फैलन सक्ने भन्दै परीक्षण कार्य द्रुत गतिमा बढाउन सरकारलाई सुझाव दिएका छन्।

उनीहरुले सरकारले प्रस्ताव गरेमा आफूहरु परीक्षणमा खटिन तयार रहेको बताएका छन्। सम्भावित महामारी रोक्न सरकारले समन्वय र सहकार्यलाई जोड दिनुपर्ने उनीहरुको भनाइ छ।

नेपाल भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठले संस्थामा दर्ता भएका १२ सय भेटेरिनरी डाक्टरहरु आइपरेमा ब्याकअप फोर्सका रुपमा काम गर्न तयार रहेको बताए।

श्रेष्ठका अनुसार पशु स्वास्थ्य सेवाअन्तगर्त नेपालमा बेसिक सेक्युरिटी लेभल ३ (बीएसएल) का ६ वटा प्रयोगशाला छन्। तिनलाई कोरोना परीक्षणमा उपयोग गर्न सकिन्छ।

corrent noodles
Metro Mart

‘काठमाडौंमा तीन र काठमाडौंबाहिर तीन गरी छ वटा प्रयोगशाला पशु स्वास्थ्य सेवामा छ। तिनलाई उपयोग गरेर परीक्षणलाई द्रुत बनाउन सकिन्छ,’ श्रेष्ठले भने, ‘हामीकहाँ हजारभन्दा कम बिरामीमा परीक्षण भएकाले रोगको यकिन अवस्था अज्ञात छ। संक्रमित बिस्तारै देखिँदै छन्। महामारी आउनुअघि नै परीक्षण व्यापक बनाउनुपर्छ ।’

उनका अनुसार ती प्रयोगशाला उपयोग गरी २४ घण्टा सेवा दिँदा दिनमा दुई हजार नमुना परीक्षण हुन सक्छ। पशु स्वास्थ्य अनुसन्धानमा संलग्न १९ जना प्राविधिक पनि सेवा दिन तायार रहेको श्रेष्ठले बताए।

‘रिएजेन्ट र केमिकल हुने हो भने परीक्षण गर्न सकिन्छ। यसो हुन सके परीक्षणको संख्या बढ्ने थियो भने नतिजा पनि चाँडै आउने थियो,’ उनले भने।

गत साता कैलाली र बाग्लुङमा कोरोना परीक्षण गर्न जाने टोलीमा पशु स्वास्थ्यमा कार्यरत प्राविधिकहरु सहभागी हुन तयार रहे पनि सरकारका तर्फबाट औपचारिक पत्र नआउँदा नगाएको उनले बताए।

कोरोना परीक्षणमा इटालीमा चिकित्साशास्त्रका अन्तिम वर्षका विद्यार्थीलाई काममा लगाइएको छ भने भारतमा पनि पशु स्वास्थ्य प्रयोगशाला उपयोग गरिएको छ ।

भारतले महाराष्ट्रमा भएको नागपुर र परबानीको पशु स्वास्थ्य अध्ययन प्रतिष्ठानलाई कोरोना परीक्षणका लागि प्रयोग गर्ने निर्णय गरिसकेको छ। यस्तै केरलमा ८ जना भेटेरिनरी डाक्टर तथा प्राविधिक कोरोना उपचारमा संलग्न छन्।

‘परीक्षणका लागि गरिने कन्ट्याक्ट ट्रेसिङ, काउन्सिलिङ, ब्याक अप फोर्सका रुपमा भेटेरिनरीको उपयोग गर्न सकिन्छ,’ श्रेष्ठ भन्छन्, ‘हामी महामारीको मुखमा छौं, जसरी हुन्छ सहकार्य गरेर अहिलेको समस्या टार्नुपरेको छ।’

सरकारले समुदायमा महामारीको अवस्था आउनुअघि नै सहकार्य गर्नुपर्ने धारणा पशु चिकित्सक तथा इपिडेमियोलोजिस्ट डा. सुरेन्द्र कार्कीको छ।

‘हालसम्म जति संक्रमण देखिए त्यसले अरु पनि संक्रमित छन् भन्ने संकेत गरेको छ,’ कार्की भन्छन्, ‘अब परीक्षणको दायरा धेरैभन्दा धेरै बढाउनुपर्छ। सम्भावित बिरामीको ट्रयाकिङमा जोडतोडका साथ लाग्नुपर्छ।’

कार्कीका अनुसार अस्पतालमा भएका प्रयोगशाला अपुग भएको अवस्था हो भने विभिन्न विश्वविद्यालयका माइक्रोबाइलोजी, बायोटेक्नोलोजीका प्रयोगशाला पनि प्रयोग गर्नुपर्छ।

‘बर्ड फ्लुलगायतको महामारीका बेला काम गरेका पशु चिकित्सक तथा पशु स्वास्थ्यकर्मीका अनुभव अहिले उपयोगी हुन्छ। त्यसतर्फ पनि सरकार लाग्नुपर्यो,’ कार्की भन्छन्, ‘महामारी आउनुअघि नै युद्धस्तरमा लागेर समस्या समाधान गर्न भिड्नुपर्यो।’

कोरोना परीक्षणमा ढिलाइ हुँदा बिरामीको ज्यान जोखिममा पर्ने गरेको छ। परीक्षणमा ढिलाइकै कारण बुटवलमा एक युवकको मृत्यु भएको थियो।

प्रकाशित: Mar 31, 2020| 13:25 मंगलबार, चैत १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।