शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • दसगजामा रातभर खुला आकाशमुनि बास, सीडीओ भन्छन्– ल्याएर राख्न क्वारेन्टाइन छैन

दसगजामा रातभर खुला आकाशमुनि बास, सीडीओ भन्छन्– ल्याएर राख्न क्वारेन्टाइन छैन

महामारीको प्रकोप छिचोल्दै भारतका विभिन्न स्थानबाट नेपालको सीमासम्म आइपुगेका नेपालीहरु तीन दिनदेखि नेपाल भारत सीमा नाका सुनौलीमा अलपत्र परेका छन् ।
 |  मंगलबार, चैत १८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १८, २०७६

भैरहवा– महामारीको प्रकोप छिचोल्दै भारतका विभिन्न स्थानबाट नेपालको सीमासम्म आइपुगेका नेपालीहरु तीन दिनदेखि नेपाल भारत सीमा नाका सुनौलीमा अलपत्र परेका छन् । सोमबार दिउँसोसम्म भारतीय सहयोगी संघसंस्था तथा व्यक्तिहरुको संरक्षणमा रहेका उनीहरु न नेपाल प्रवेश गर्न पाएका छन्, न त भारततर्फ फर्किन नै ।

triton college

नेपाल भारत सीमा दसगजामै रात बिताएका उनीहरु २९८ जना रहेका छन् । दसगजाको सुरक्षामा खटिएका सशस्त्र प्रहरी बल नेपालका डिएसपी मानबहादुर शाहीका अनुसार दसगजामा अर्घाखाँचीका १३३ जना, गुल्मीका ७१ जना, रुपन्देहीका २२ जना रहेका छन् । यसैगरी कपिलवस्तुका १०, बाँकेका ८, धादिङका २, बाराका १, प्यूठानका ४, पाल्पाका १५, तनहुँका ७, बाग्लुंगका ४, चितवनका १९, नवलपरासीका १, स्यांग्जाका १ जना रहेका छन् ।

प्रदेश ५ सरकारको सोमबार दिउँसो बसेको बैठकले ५ वटा निर्णय गरेको थियो । उक्त निर्णयको बुँदा नम्बर १ मै सीमामा अलपत्र परेकाहरुको उद्धार गर्ने उल्लेख थियो । मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले गरेको पहिलो नम्बरको निर्णय यस्तो थियोः सीमा क्षेत्रमा अलपत्र परेकालाई सम्बन्धित जिल्लामा समूह बनाई पठाउने । ती नागरिकलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राख्ने र खानपिनको व्यवस्था गर्ने ।

तर, बुटवलभन्दा २२ किलोमिटर दक्षिणमा रहेको नेपाल भारत सीमा नाका बेलहिया सुनौलीको दसगजामा अलपत्र नेपालीको मंगलबार दिउँसोसम्म पनि उद्धार हुन सकेको छैन ।

संघीय सरकार र प्रदेश सरकारले सीमामा अलपत्र परेकाहरुलाई नेपाल प्रवेश गराउने निर्णय सहित देशैभरका जिल्ला प्रशासन कार्यालयमा सर्कुलर गरेको भए पनि रुपन्देही जिल्ला प्रशासन कार्यालयले तदारुकता देखाउन नसक्दा समस्या भएको स्थानीय नागरिक अगुवाहरु बताउँछन् ।

corrent noodles
Metro Mart

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहदेव पन्थले दसगजामा करिब ३ सय नेपाली आएको खबर आफूले पाएको बताए। ‘उनीहरुलाई ल्याएर राख्नको लागि तत्काल क्वारेन्टाइन पनि छैन । त्यसैले हामी तयारी गरेपछि मात्रै नेपाल प्रवेश गराउने तयारीमा छौं ।’

नेपाल भारत मैत्री समाजका अध्यक्ष डा. शान्तकुमार शर्माले सरकारले यस्तै आलटाल गरिरहे दसगजामा नाराबाजी हुनसक्ने भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले भने, ‘उनीहरु कति टाढाबाट आएका छन् । हामी सीमामै छौं । हामीले उनीहरुको तीन दिनदेखि पाएको दुःख नियालिरहेका छौं । हाम्रो तहबाट सीमापारीका साथीहरुसँग समन्वय गरेर सहयोग पनि जुटाइदिएका छौ । खाना पानीको व्यवस्था गरिदिएका छौ । तर सरकारले, स्थानीय प्रशासनले कुनै पहलकदमी गरेन,’ उनले भने।

डा. शर्माले प्रहरी लगाएर दसगजामै जबरजस्ती नरोक्न र अलपत्र नेपालीहरुलाई तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराए । उनले भने, ‘मैले कैयौं पटक सिडिओ साबलाई फोन गरँे । तर उहाँले रेस्पोन्स गर्नुहुन्न ।’

खुल्ला आकाशमुनि दसगजामा बसेका नेपालीहरु अनधिकृत रुपमा नेपाल प्रवेश नगरुन् भनेर सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले उनीहरुको सुरक्षा गरेको जिल्ला प्रहरी कार्यलय रुपन्देहीका डिएसपी खड्क बहादुर खत्रीले बताए ।

प्रकाशित: Mar 31, 2020| 12:47 मंगलबार, चैत १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।