शनिबार, वैशाख ८, २०८१

२५ वर्षपछि जुरेको हरिवंश र करिश्माको जोडी (भिडियो)

 |  बिहीबार, साउन १४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १४, २०७८

अभिनेता हरिवंश आचार्य र अभिनेत्री करिश्मा मानन्धर २५ वर्षपछि पर्दामा एक साथ देखिएका छन्। बिहीबार रिलिज भएको ‘माछीलाई खोलीको लेउ’ बोलको म्युजिक भिडियोमा उनीहरु जोडी बनेर देखिएका हुन्। 

triton college

यसअघि अशोक शर्माले निर्देशन गरेको फिल्म ‘ट्रक ड्राइभर’ मा उनीहरु देखिएका थिए। तर, जोडी बनेर होइन। यो फिल्ममा करिश्मा अभिनेत्रीको भूमिकामा थिइन् भने हरिवंश ‘भिलेन’को।  ‘उहाँको उमेर ढल्क्यो, मेरो पनि उमेर ढल्क्यो तर हिरो हिरोइन भएर खेल्न पाएको थिइनँ। तर, अहिले गीतमै भए पनि जोडी भएर काम गर्न पाइयो, खुसी छु,’ हरिवंशले यसलाई सुखद अवसरका रुपमा लिएका छन्। 

हरिवंशसँग स्क्रिन सेयर गर्न पाउँदा करिश्मा पनि दंग छन्। ‘म हरिवंश दादाको फ्यान थिएँ। तर, काम गर्ने अवसर जुरेको थिएन। २५ वर्षअघि जतिबेला म ‘ट्रक ड्राइभर’ गरिरहेका थिएँ, त्यतिबेला यसरी काम गर्न पाइएला, मैले सोचेको थिइनँ,’ गीतको पत्रकार भेटघाटका क्रममा करिश्मा खुशी सुनिइन्। 

यो गीतमा हरिवंश र मेलिना राईको स्वर छ भने संगीत बसन्त सापकोटाको छ। ‘बसन्त सापकोटाले भ्वाइस टेस्ट लिएपछिमात्रै मलाई यो गीत गाउन दिनुभएको हो,’ हरिवंश भन्छन्, ‘तर, यो प्रेमको मात्रै सन्देश दिने गीत हो। त्यसैले त्योभन्दा बढी केही अपेक्षा नगरिदिनुहोला। ’

यो गीत करिब ३ वर्षअगाडि रिलिज भएको ‘माछीले खाने खोलीको लेउ’ गीतको दोस्रो श्रृंखलाका रुपमा प्रचार गरिएको छ। यसको पहिलो श्रृंखला युट्युबमा करिब ५ करोड पटक हेरिएको छ। जसलाई गायक सरोज ओली र मेलिना राईले गाएका थिए।  

corrent noodles
Metro Mart

हालै रिलिज भएको दोस्रो पार्टमा दिनेश थपलियाको शब्द, नरेन्द्र वियोगीको एरेन्ज र श्याम श्वेत रसाइलीको मिक्सिङ्ग÷मास्टरिङ्ग रहेको छ। 

विक्रम स्वारको निर्देशन रहेको भिडियोमा हरिवंश-करिश्मासँगै अभिनेत्री केकी अधिकारी र पल शाह पनि जोडीको रुपमा देखिएका छन्।

प्रकाशित: Jul 29, 2021| 17:46 बिहीबार, साउन १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।