बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • साढे तीन सय नेपाली सीमामा अलपत्र, स्थानीय प्रशासन भन्छ- माथिको आदेश नआई छोड्न मिल्दैन

साढे तीन सय नेपाली सीमामा अलपत्र, स्थानीय प्रशासन भन्छ- माथिको आदेश नआई छोड्न मिल्दैन

कोरोना भाइरसको जोखिमका कता लकडाउारण भारत सरकारले तीन साता लामो लकडाउन घोषणा गरेपछि रोजगारी तथा अध्ययनका लागि भारतमा रहेका लाखौंं नेपाली प्रभावित भएका छन्।
 |  सोमबार, चैत १७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १७, २०७६

भैरहवा । कोरोना भाइरसको जोखिमका कारण भारत सरकारले तीन साता लामो लकडाउन घोषणा गरेपछि रोजगारी तथा अध्ययनका लागि भारतमा रहेका लाखौंं नेपाली प्रभावित भएका छन्।

triton college

भारतका कलेजहरु बन्द भएका छन्, कम्पनीहरु बन्द भएका छन्। लकडाउन (बन्दाबन्दी) का कारण नेपालीहरु निजी सवारीसाधन रिजर्भ गरेर आफ्नो जन्मथलो नेपाल फर्किरहेका छन् । नेपालमा पनि लकडाउन भएका कारण अन्तरदेशीय नाका बन्द छ । यसका कारण सीमा क्षेत्रमा आइपुगेका नेपालीहरु रोकिएका छन् ।

सरकारले सीमा क्षेत्रमा अलपत्र परेकालाई नेपाल ल्याई १४ दिन क्वारेन्टाइनमा राखेर मात्रै घर पठाउने निर्णय गरेको छ । तर कार्यान्वयन गर्न सकेको छैन ।

सुनौली नाका हुँदै आएका नेपालीहरु अहिले सीमामा अलपत्र परेका छन् । दसगजा पारि सडकमा ३५० जना नेपालीहरु अलपत्र परेको नेपाल भारत मैत्री समाजका अध्यक्ष डा. शान्तकुमार शर्माले बताए ।

उनले भने, 'भारतीय मित्रहरुले खानाको व्वस्थापन गरिरहनुभएको छ । त्यहाँको नगर पञ्चायतले सहयोग गरिरहेको छ । तर नेपाल सरकारले उनीहरुलाई जतिसक्दो छिटो नेपाल आउने व्यवस्था गर्नुपर्दछ।' स्थानीय प्रशासनले रेस्पोन्स नगरेको उनको गुनासो छ । उनले भने. 'सिडिओको फोन उठ्दैन, कसलाई भन्ने ?'

corrent noodles
Metro Mart

बेलहिया नाका पारी सुनौलीमा अलपत्र परेकामा अधिकांश भारतका विभिन्न शहरमा अध्ययनरत किशोरकिशोरी र केही महिला पनि रहेका छन् । 'हिजैबाट हामी सीमामा छौं। हामीलाई क्वारेन्टाइनमा बस्ने गरी प्रवेश दिए पनि हामी मान्न तयार छौं । तर जसरी हुन्छ हाम्रो देश जाने व्यवस्था होस्,' दिल्लीबाट आएका सुजन कँडेलले भने।

दिल्लीमा अलपत्र परेकाहरुलाई उद्धार गरी सम्बन्धित ठाउँमा पुर्याउने क्रममा भारतको उत्तर प्रदेश सरकारले नेपालीहरुलाई बेलहिया नाकामा ल्याएर छोडिदिएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले बताए।

दसगजामा आइसकेकाहरुलाई तत्काल नेपाल प्रवेश दिनुपर्ने खुकुरी क्लब बेलहियाका अध्यक्ष रामु बस्नेतले बताए । उनले भने, 'दसगजा पारि हाम्रा दाजुभाइ दिदी बहिनी अलपत्र छन् । उनीहरुको छिटो उद्धार गर्नुपर्छ।'

बेलहियाका स्थानीयको आग्रहमा दसगजा पारि अलपत्र परेकाहरुलाई सीमावर्ति एक भारतीय विद्यालयमा राखिएको छ ।

यता, जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले भने सीमा बन्द भएको अवस्थामा माथिबाट निर्देशन नआएसम्म छोड्न नमिल्ने बताए।

प्रकाशित: Mar 30, 2020| 20:56 सोमबार, चैत १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।