पर्वत– नदीमा करेन्ट लगाई माछा मार्ने ६ जनालाई पर्वत प्रहरीले पक्राउ गरेको छ।
कुश्मा नगरपालिका–८, परादीस्थित मोदी नदीमा करेन्ट लगाई माछा मार्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा ३१ वर्षीय दिनेश थापा मगर, ३७ वर्षीय राजु थापा मगर, २९ वर्षीय विष्णु थापा मगर, २१ वर्षीय समिर क्षेत्री, ३६ वर्षीय दुर्गा पौडेल र ३८ वर्षीय मिसन पौडेल छन्। उनीहरूलाई माछा मार्नका लागि प्रयोग गरिएका साधनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्वतले जनाएको छ।