मुगु– १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मुगुमा युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा खत्याड गाउँपालिका–४, जिउका २० वर्षीय धर्मराज रावल छन्। उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
स्थानीय खोलामा संचालित पानीट्टमा लगेर बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ।
प्रहरी चौकी माझचौरबाट खटिएको प्रहरी टोलीले रावललाई पक्राउ गरेको हो। उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।