श्रीलंकामा कर्फ्यु उल्लंघन गरेका हजारौंलाई प्रहरीले पक्राउ गरेको छ । कर्फ्यु उल्लघंन गरी पक्राउ पर्नेमा धेरैजसो मस्जिदमा प्रार्थना गर्न गएका मुस्लिम धर्मावलम्बीहरु रहेका छन् ।
श्रीलंकामा कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिन यहि मार्च २० तारिखदेखि कर्फ्यु लगाइएको छ । सरकारले अत्यावश्यक काम पर्ने बाहेकलाई हिँडडुल गर्न निषेध गरेको छ ।
सरकारको आदेश उल्लघंन गरेको अभियोगमा चार हजार ६०० जनालाई पक्राउ गरिएको छ भने, एक हजार १२५ वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । अरु केही व्यक्तिहरु भने भाग्न सफल भएका थिए ।
हरी नियन्त्रणमा परेका मुस्लिम धर्मावलम्बी होरोपठानमा रहेको मस्जिदबाट पक्राउ परेका हुन् । सो ठाउँ राजधानी कोलोम्बोदेखी दुई सय मिटर उत्तरतर्फ पर्दछ । श्रीलङ्कामा कोरोना भाइरसबाट १०६ जना संक्रमित भएकाले कर्फ्यु लगाइएको हो ।
रासस