बिहीबार, वैशाख १३, २०८१

एउटा मास्क ७५० रुपैयाँमा बेच्ने जनकपुरबाट पक्राउ

प्रहरीले मास्क र पञ्जा कालोबजारी गर्ने एकजनालाई जनकपुरबाट पक्राउ गरेको छ ।
 |  शनिबार, चैत १५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत १५, २०७६

जनकपुरधाम– प्रहरीले मास्क र पञ्जा कालोबजारी गर्ने एकजनालाई जनकपुरबाट पक्राउ गरेको छ । बजार अनुगमनको क्रममा बढी मूल्य लिएर मास्क र पञ्जा बिक्री गरिरहेको पाइएपछि कालोबजारी गर्ने एक व्यवसायीलाई प्रहरीलाई पक्राउ गरेको हो ।

triton college

पक्राउ पर्नेमा जनकपुरधाम–४ स्थित ३६ वर्षीय राजेशकुमार झा रहेको प्रहरीले जनाएको छ । प्रादेशिक अस्पताल जनकपुरस्थित बजरंग जेनरल स्टोरमा मास्क प्रतिथान ७५० रुपैयाँ र पञ्जा प्रति पोका पाँच सय रुपैयाँमा बिक्री गरिरहेको अवस्थामा झालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रामेश्वर कार्कीले जानकारी दिए ।

झालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले जनाए ।

लकडाउन भएयता जनकपुरबाट कालोबजारी गर्ने १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । लकडाउनको मौका छोपेर खाद्यान्न, तरकारी, खाना पकाउने ग्यासलगायतका अत्यावश्यक सामग्री कालोबजारी गर्ने १७ जनालाई प्रहरीले जनकपुरबाट पक्राउ गरेको हो ।

प्रकाशित: Mar 28, 2020| 14:04 शनिबार, चैत १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।