बिहीबार, वैशाख ६, २०८१

घरमै पुगेर फोहर उठाइने, बाहिर फाल्नेलाई कारबाही

सरकारले तत्काल नागरिकको घर-घरमा गएर फोहर संकलनको व्यवस्था मिलाउन स्थानीय तहहरुलाई निर्देशन दिएको छ। शनिबार सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले विज्ञप्ती जारी गर्दै आजैदेखि घर-घरमा गएर फोहर संकलनको व्यवस्था मिलाउन निर्देशन दिएका हुन्।
 |  शनिबार, चैत १५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत १५, २०७६

काठमाडौं - सरकारले तत्काल नागरिकको घर-घरमा गएर फोहर संकलनको व्यवस्था मिलाउन स्थानीय तहहरुलाई निर्देशन दिएको छ। शनिबार सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले विज्ञप्ती जारी गर्दै आजैदेखि घर-घरमा गएर फोहर संकलनको व्यवस्था मिलाउन निर्देशन दिएका हुन्। आजैदेखि काठमाडौं उपत्यकाको फोहर संकलन र सिसडोलमा बिसर्जन सुरु भएको पनि मन्त्री मानन्धरले जानकारी दिए।

triton college

कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिको सामना गर्नका लागि लकडाउनमा बस्नुपरेको यो अवस्थामा घरबाट निस्कने फोहोर व्यवस्थापनलाई चुस्त बनाउन मन्त्रालयका तर्फबाट पहल सुरु गरिसकिएको विज्ञप्तीमा उल्लेख गरिएको छ। मन्त्रालयले आजैदेखि घरघरमा फोहर संकलक पठाई त्यसको समुचित व्यवस्थापनमा लाग्न देशभरका सम्पूर्ण महानगरपालिका, उपमहानगरपालिका, नरपालिकाहरुलाई निर्देशनात्मक अनुरोध गरेको हो।

संघीय राजधानी काठमाडौंको फोहोर व्यवस्थापनका सवालमा देखिएको समस्या समाधानका लागि काठमाडौं र ललितपुर महानगरपालिका तथा भक्तपुर नगरपालिकासहित सबै नगरपालिकाहरुलाई तत्काल समाधान हुनेगरी काम थाल्न समेत अनुरोध गरिएको छ। साथै संक्रमणको जोखिम न्युनिकरणका लागि बिहान ८ बजेभित्र फोहर बिसर्जनको ब्यवस्था मिलाउन उपत्यकाका नगरपालिकाहरुसँग मन्त्रालयले आवश्यक पहल गरिसकेको उल्लेख गरिएको छ।

अव्यवस्थित रुपमा फालिने फोहरका कारण सहरी क्षेत्रमा हुनसक्ने विभिन्न खाले संक्रमणलाई मध्यनजर गर्दै संकलक नआउँदासम्म घरमै कुहिने र नकुहिने फोहरलाई छुट्टाछुट्टै व्यवस्थित रुपमा व्यवस्थापन गरिदिन सहरवासीलाई मन्त्री मानन्धरले आग्रहसमेत गरेका छन्। घर बाहिर फोहर फाल्नेलाई कारबाही गरिने पनि विज्ञप्तिमा उल्लेख छ।

 

corrent noodles
Metro Mart

प्रकाशित: Mar 28, 2020| 11:37 शनिबार, चैत १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।