शुक्रबार, वैशाख १४, २०८१

कोरोनासँग लड्न सुदूरपश्चिम सरकारको यस्तो छ तयारी

सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरस नियन्त्रण तथा उपचार कोष खडा गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा बसेको बैठकले उक्त कोषमा प्रदेश सरकारले रु ४० करोड उपलब्ध गराउने निर्णय गरिएको बैठकपछि सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले जानकारी दिए।
 |  शनिबार, चैत १५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत १५, २०७६

धनगढी - सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरस नियन्त्रण तथा उपचार कोष खडा गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा बसेको बैठकले उक्त कोषमा प्रदेश सरकारले रु ४० करोड उपलब्ध गराउने निर्णय गरिएको बैठकपछि सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले जानकारी दिए।

triton college

कोषमा सर्वसाधारण तथा संस्थालाई सहयोगका लागि अपिल गर्ने निर्णय पनि बैठकले गरेको छ। यसैगरी धनगढीको सेती प्रादेशिक अस्पताललाई कोरोनाको उपचारका लागि डेडिकेटेड अस्पतालका रूपमा तोक्ने, कोरोनासमेतको परीक्षण गर्ने गरी प्रयोगशाला स्थापना गर्ने, डोटी र बैतडी जिल्लामा समेत प्रयोगशाला स्थापना लागि पहल गर्ने निर्णय पनि गरिएको छ।

बैठकले कोरोना भाइरसको नियन्त्रणका लागि जारी लकडाउनको समयमा गरिब र ज्याला मजदुरी आयस्रोत गुमेकालाई राहत प्याकेज ल्याउन केन्द्र र स्थानीय तहसँग समन्वय गरी काम अघि बढाउने निर्णयसमेत गरेको छ।

प्रदेशस्तरमा शान्तिसुरक्षा र सोसँग सम्बन्धित विषयमा आन्तरिक मामिला तथा कानुन मन्त्रीले, स्वास्थ्यसँग सम्बन्धित विषयको समन्वय सामाजिक मन्त्रीले, खाद्यान्न तथा इन्धन आपूर्तिको समन्वय उद्योग पर्यटन वन वातावरण मन्त्रीले, आर्थिक स्रोतको समन्वय आर्थिक मामिला मन्त्रीले, क्वारेन्टाइन स्थापना गरिएका ठाउँमा आवश्यक पूर्वाधार जुटाउन भौतिक पूर्वाधार मन्त्रीले गर्ने निर्णय पनि बैठकले गरेको शाहले बताए।

प्रकाशित: Mar 28, 2020| 11:07 शनिबार, चैत १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।