शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कोरोना : इटालीमा ९,१३४ काे मृत्यु, अमेरिकामा एक लाख एक हजार संक्रमित

कोरोना : इटालीमा ९,१३४ काे मृत्यु, अमेरिकामा एक लाख एक हजार संक्रमित

शुक्रबार एकै दिन इटालीमा ४९८ र अमेरिकामा ४०२ काे मृत्यु
 |  शनिबार, चैत १५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत १५, २०७६

काठमाडाैं- इटालीमा कोराना भाइरस संक्रमणबाट ९ हजार १ सय ३४ को ज्यान गएको छ। शुक्रबार एकै दिन ९१९ को मृत्यु भएको भाइरस संक्रमणबारे अध्ययन गरिरहेको जोन हप्किन्स विश्वविद्यालयका प्राध्यापकहरुले बताएका छन्।

triton college

डिसेम्बर अन्त्यमा चीनको वुहानमा देखा परेको कोरोना भाइरसका कारण विश्वका विभिन्न मुलुकमा गरी २७ हजार बढीको ज्यान गइसकेको छ।
यस्तै २ सयभन्दा बढी मुलुकमा गरी झन्डै ५ लाख मानिसमा संक्रमण भएकोे विभिन्न अन्तर्राष्टिय सञ्चारमाध्यमले जनाएका छन्। तिनमा एक लाख २७ हजारको उपचार भएको छ।

इटालीमा संक्रमित हुने संख्या झन्डै ८७ हजार पुगेको छ। विश्वविद्यालयका अनुसार केही घण्टाअघिसम्म ८६ हजार ४ सय ९८ जना इटालियनलाई भाइरस संक्रमण भएको छ।

यो चीनमा भन्दा बढी हो। चीनमा झन्डै ८२ हजार संक्रमित छन्। चीनमा मृत्यु हुनेको संख्या ३ हजार २ सय ९५ छ। शुक्रबार ५४ नयाँ संक्रमित देखिएका छन्।

संयुक्त राज्य अमेरिकामा एक लाख १ हजारलाई भाइरस संक्रमण भएको सीएनएनले जनाएको छ। अमेरिकामा भाइरस संक्रमणबाट १७ सयको मृत्यु भएकाे छ। शुक्रबार मात्र ४ सय २ जनाकाे मृत्यु भएकाे थियाे। 

corrent noodles
Metro Mart

राष्टपति डोनल्ड ट्म्पले संक्रमितको उपचारका लागि आगामी १०० दिनभित्र एक लाख भेन्टिलेटर तयार पारिने बताएका छन्। उनले भने, 'हामी पर्याप्त मात्रामा भेन्टिलेटर तयार पार्दै छौं।' उनले माेटर कम्पनीलाइ तीव्र रूपमा भेन्टिलेटर तयार पार्न निर्देशन दिएका छन्।

संयुक्त राज्य न्युयोर्कस्थित एल्महर्स्ट अस्पतालमा सुरक्षित मास्क लगाएर कोरोना परीक्षणका लागि लाम लागेका बिरामी। एपी

स्पेनमा ५ हजार बढीको मृत्यु भएको छ। यहाँ संक्रमितको संख्या झन्डै ६६ हजार पुगेको छ। तीमध्ये ९ हजार मजदुर छन्।

दक्षिण कोरियामा ४८ सय बिरामी निको भएर घर फर्किएका छन्। त्यहाँको राष्ट्यि सरुवा रोग नियन्त्रण केन्द्रका अनुसार ४५ सय जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको छ। दक्षिण कोरियामा १ सय ३९ को मृत्यु भएको छ।

इरानमा २३ सय ७८ को निधन भएको छ भने ३२ हजार बढी संक्रमित छन्।

बेलायतमा झन्डै १५ हजारलाई संक्रमण भएको छ भने ७६१ को निधन भएको छ। प्रधानमन्त्री बोरिस जोनसनलाई भाइरस संक्रमणको आशंकापछि आइसोलेसनमा बसेका छन्।

यस्तै जर्मनीमा ५३ हजारलाई संक्रमण भएको छ। तीमध्ये ३९५ को निधन भएको छ।

डब्ल्यूएचओले शुक्रबारसम्म २० हजार मानिसको ज्यान गएको तथ्यांक सार्वजनिक गरेको थियो। मृत्यु हुनेको संख्या बढिरहेको हो। डब्ल्यूएचओले कोरोना भाइरसविरुद्ध लड्न पछिल्लो पटक ५० मुलुकका स्वास्थ्यमन्त्रीसँग परामर्श गरेको जनाएको छ।

डब्ल्यूएचओ प्रमुख टेड्रोस अदनोम घेब्रेयसस भने, 'चीन, जापान, कोरिया, सिंगापुर जस्ता मुलुकका अभ्यासबाट हामीले धेरै सिक्नुपरेको छ। ती मुलुकमा बिस्तारै कोरोना संक्रमण दर न्यून हुँदै गएको छ।' 

डब्ल्यूएचओले विभिन्न ७४ मुलुकमा गरी २० लाखभन्दा बढी स्वास्थ्य सुरक्षा उपकरण पठाएको छ। अन्य ६० मुलुकमा छिटै यस्ता उपकरण पठाइने बताएका छन्। उनले अन्य धेरै उपकरण आवश्यक परेको तर यसका लागि अन्तराष्टिय सहयोग आवश्यक रहेको बताएका छन्।

 

प्रकाशित: Mar 28, 2020| 09:58 शनिबार, चैत १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।