बिहीबार, वैशाख १३, २०८१

मनोविद्को सुझाव : लकडाउनका बेला मनोबल उच्च बनाऔं

सबभन्दा पहिले त आत्मविश्वास बलियो पार्नुपर्छ। मनाबोल उच्च बनाउनुपर्छ। मानसिक रुपमा आफू बलियो भएमा अरुलाई सहयोग गर्न सकिन्छ।
 |  शनिबार, चैत १५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत १५, २०७६

कतिपयले लकडाउनलाई कर्फ्युजस्तै ठानेको देखियो। तर त्यस्तो होइन। कर्फ्युमा मानिसकाे हुलदंगा राेक्न लगाइएकाे हुन्छ। लकडाउन राेगकाे संक्रमण राेक्न लगाइएकाे हाे।

triton college

नेपालमा कोरोना भाइरसबाट कुनै व्यक्तिको मृत्यु भएको छैन। चार संक्रमितमध्ये एक जनालाई निको भइसकेको छ। तीन जना उपचारमा छन्। विदेशबाट आएकालाई क्वारेनटाइनमा राख्ने व्यवस्था गरिएको छ।

भाइरस संक्रमण नहोस् भनेर सरकारले देशभर लकडाउन गरेको छ।

लामो समय घरमै बस्नुपर्दा जनजीवन पट्यारलाग्दाे हुनु स्वाभाविकै हो। यस्तो अवस्थामा कतिपयलाई मानसिक समस्या पनि हुन सक्छ। यसबाट जोगिने कसरी?

आत्मविश्वास बलियो बनाउने

corrent noodles
Metro Mart

सबभन्दा पहिले त आत्मविश्वास बलियो पार्नुपर्छ। मनाबोल उच्च बनाउनुपर्छ। आफू मानसिक रुपमा बलियो भएमा अरुलाई सहयोग गर्न सकिन्छ।

लकडाउनलाई पहिले यसरी बुझ्नुपर्छ- जो बिरामी छन् उनीहरु घरबाट बाहिर निस्किएनन् भने भाइरस संक्रमण परिवारका सदस्यलाई मात्र हुन्छ। उपचारमा सजिलो हुन्छ। जो संक्रमित छैनन्, उनीहरु जोगिन्छन्।

कतिपयले लकडाउनलाई कर्फ्युजस्तै ठानेको देखियो। तर त्यस्तो होइन। कर्फ्युमा मानिसकाे हुलदंगा राेक्न लगाइएकाे हुन्छ। लकडाउन राेगकाे संक्रमण राेक्न लगाइएकाे हाे।

त्यसैले यस्ताे बेला अत्यन्त जरुरी कामबाहेक बाहिर निस्कनै पाइँदैन। चीनमा लकडाउनको अभ्यास सफल भएकाे थियाे। 

लकडाउन अप्ठ्यारो अवस्थामा लगाइन्छ। त्यसैले हाम्रो ज्ञान, क्षमता र विवेक प्रयोग गर्ने बेला हो। त्यसकारण अहिले धैर्य गर्नुको विकल्प छैन।

भ्रामक सूचनाबाट टाढै रहने

आमसञ्चारमाध्यम र सामाजिक सञ्जालमा धेरैको पहुँच छ। सबै सञ्चारमाध्यले सही सूचना दिएका हुँदैनन्। कतिपयले भ्रामक समाचार दिएका हुन्छन्। मानिसमा यस्ता समाचारको प्रभाव तत्काल पर्न सक्छ।

कतिपयले सामाजिक सञ्जालमा पनि मनगढन्ते कुरा राखेका हुन्छन्। सर्वप्रथम हामी यस्ता भ्रमपूर्ण सूचनाबाट टाढा रहनुपर्छ। सत्य के हो बुझ्नुपर्छ।

सम्झाइ-बुझाइ गर्नुपर्छ

हाम्रो दैनिकीमा कठिनाइ भए पनि लकडाउनलाई सामान्य मान्नुपर्छ। डर बढ्न थाल्यो भने मनोपरामर्श दिनुपर्छ। सम्झाइ-बुझाइ गर्नुपर्छ।

डराएका व्यक्तिले आफूलाई समाल्नै नसक्ने अवस्था पनि आउन सक्छ। कुनै व्यक्ति त एकोहोरो भइरहन्छ। कसैले हात धोइरहन सक्छ। परिवारमा कसैलाई असामान्य अवस्था देखिएमा अन्य सदस्यले उसकाे मर्का बुझिदिनुपर्छ।

परिवारमै रमाउन अभ्यास गर्ने

घरमै रमाइलो वातावरण बनाउनुपर्छ। बालबालिकालाई विभिन्न खेलमा व्यस्त बनाउन सकिन्छ। परिवारका सबै सदस्यबीच प्रतिस्पर्धा गर्दा झन् रमाइलो हुन सक्छ।

लकडाउनको समय लामो भएकाले खेल खेल्ने दैनिक रुटिन नै बनाउन सकिन्छ। बालबालिकालाई केही समय उनीहरुको रुचि क्षेत्रका ज्ञानवर्धक कुरा पढ्न लगाउँदा पनि तनाव कम हुन सक्छ।

बूढापाका र दीर्घरोगी थप समस्यामा पर्न सक्छन्। त्यसैले उनीहरुको स्वास्थ्यमा ध्यान दिनुपर्छ। ध्यान र योग गर्न लगाउँदा पनि उनीहरु केही सहज हुन सक्छन्।

अफिसमा सधैं व्यस्त हुने व्यक्तिलाई लामो समयसम्म घरमा बस्नुपर्दा समस्या हुन सक्छ। समय बिताउन कठिन हुन्छ। त्यसैले आफूले आफैंलाई व्यस्त बनाएर समय बिताउँदा उचित हुन्छ। 

राज्यले मानसिक स्वास्थ्यमा ध्यान दिनुपर्छ

शारीरिक स्वास्थ्य उपचारमा धेरै काम भएका छन्। अब राज्यले मानसिक स्वास्थ्यमा ध्यान दिनुपर्छ। यसबारे जनचेतना फैलाउन ढिलाइ भइसक्यो। मानसिक स्वास्थ्यका जानकार र विज्ञलाई परिचालन गर्नुपर्छ।

विद्यार्थी, व्यापारी, दलका नेता मात्र होइन हरेक मानिसलाई मानसिक समस्या हुन सक्छ। त्यसतर्फ राज्यले सोच्ने बेला आएको छ।
मिडियामा पनि मानसिक स्वास्थ्यका विषयमा धेरै कुरा आएका छैनन्। त्यसैले यसलाई व्यापक छलफलको विषय बनाउनुपर्छ। यस्तै सामाजिक सञ्जालमार्फत पनि मानसिक स्वास्थ्यबारे जनचेतना फैलाउन सकिन्छ।

(मनोविद् वासु आचार्यसँग बीपी साहले गरेको कुराकानीमा आधारित)

 

प्रकाशित: Mar 28, 2020| 03:40 शनिबार, चैत १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।