शुक्रबार, वैशाख १४, २०८१

कहाँ छ महानगरको मास्क र स्यानिटाइजर ?

ललितपुर महानगरपालिका–१० निवासी राजेश महर्जनले बजारमा मास्क र स्यानिटाइजर खोजेको धेरै दिन भयो ।
 |  शनिबार, चैत १५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत १५, २०७६

ललितपुर महानगरपालिका–१० निवासी राजेश महर्जनले बजारमा मास्क र स्यानिटाइजर खोजेको धेरै दिन भयो । उनले मास्क र स्यानिटाइजर पाउन नसकेपछि साबुनपानीले हात धुने गरेको गुनासो गरे। “महानगरपालिकाले स्यानिटाइजर बनाएर जनतालाई प्रयोग गर्न दिन्छ रे भन्ने सुनेको थिएँ । बजारमा खोज्न गएँ न मास्क छ न त स्यानिटाइजर । यो त केवल प्रचार मात्र हो कि भन्ने आभास भइरहेको छ,” उनले भने।

महानगरपालिका वडा नं १६ निवासी राकेश चित्रकारले पनि बेलाबेलामा खुद्रा पसलमा गई स्यानिटाइजर र मास्क खोज्दा पाउन नसकेको दुखेसो गरे। उनले भने, “प्रचारै ठूलो कुरा रहेछ, बजारमा यी वस्तु पाइन्छ भनेर खोज्दा पाउन सकिएको छैन । टोलटोलमा जनताले पाएको दुःख कसले पो देखेको छ र ? घरमा बालबच्चा छन् । जति खेर पायो त्यति खेर कोठा बाहिर निस्केर आँगनमा खेल्न पुगिहाल्छन् । यदि साबुपनीको साथमा उनीहरुलाई स्यानिटाइनर प्रयोग गरिदिन पाए कोभिड–१९को त्रास हट्ने थियो ।” उनले थपे, “चाहिएको समयमा मास्क र स्यानिटाइजरको अभाव भएसँगै लकडाउन खुलेपछि कि त आफैले बनाउने वा कि खोज्न जाने हुँदा महानगरसँगै भर पर्नु पर्दैन । स्थानीय उत्पादन तीनपाने रक्सीलगायतका कच्चा पदार्थ मिलाएर महानगरपालिकाले स्यानिटाइजर बनाउन शुरु गर्दा पनि पाउन नसक्नु दुर्भाग्यको कुरा भएको छ ।”

triton college

महानगरको वडा नं २१ निवासी ज्ञानलक्ष्मी महर्जनले बजारमा स्यानिटाइजरको अभाव भएको सुनेर दैनिक स्प्रिट र साबुपानी प्रयोग गर्ने गरेको बताइन्। उनले भनिन्, “बजारमा न त मास्क छ न त स्यानिटाइजर नै । हामीहरु घरबाट बाहिर खाद्यान्न किन्न निस्कँदा कसरी सङ्क्रमणबाट जोगिने होला । महानगरपालिकाले मास्क र स्यानिटाइजर बनाएर वितरण गर्ने कुरा टेलिभिजनबाट सुन्दा मुलुक विकासको गतिमा लम्कियो भन्ने खुशी लागेको थियो । यो त प्रचारजस्तो मात्र लागिरहेको छ ।” देशमा कोरोनाको सङ्क्रमण बढिरहँदा यस्ता सानातिना चिजको अभाव हुनु गम्भीरे विषय भएको महर्जनको भनाइ थियो ।

महानगरपालिकाले गत फागुन २६ गतेदेखि २९ गतेसम्म हरेक वडाका दुई गरी ६० महिलालाई मास्क बनाउने तालिम दिएता पनि बजारमा मास्कको माग पूर्ति हुन सकेको देखिँदैन । महानगरपालिकाले मास्कको अलवा यहाँका नागरिकलाई १० जनाको दरले छ दिनसम्म ६० लाई स्यानिटाइजर बनाउने तालिमसमेत दियो, तर हाल यसको सेवाग्राहीले परिणाम प्राप्त गरेका छैनन् ।

महानगरपालिको समाज कल्याण महाशाखाले केही दिन पहिला बनाइएको लगभग ५०० लिटर स्यानिटाइजर प्रत्येक वडाका केही स्थान र महानगरपालिकामा प्रयोग गरिरहेको सामाजिक विकास समिति संयोजक दिनेश कार्कीले बताए, उनले भने, “मास्क र स्यानिटाइजर उत्पादन गर्ने त भन्यौं, तर यसमा प्रयोग हुने सामग्री लकडाउनका कारण लिन जान पाएका छैनौँ । यी सामग्री अभावका कारण आफूहरुले अघि बढाएको योजना सशक्तरूपमा कार्यान्वयन हुन नसकेको कार्कीले स्वीकार गरे।

महानरपालिकाले पाँच–पाँच लिटर स्यानिटाइजर प्रत्येक वडामा पठायो तर सर्वसाधारणले भने घरघरबाट यसको सेवा लिन पाएका छैनन् । “हामीले बनाएको स्यानिटाइजर र मास्क प्रत्येक वडाका व्यक्तिलाई दिन नसकेकामा लज्जित भइरहेका छौँ,” महानगरपालिकामा कार्यारत स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेवकले भने मास्क र स्यानिटाइजर प्रयोग गरिरहेका कार्कीको भनाइ छ ।

स्वास्थ्य शाखामा कार्यारत स्वास्थ्यकर्मीले लगाउने पोशाक पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट र थर्मोमिटर गनको समेत अभाव भइरहेको जनाइएको छ । महानगरपालिकाले १०० एमएल स्यानिटाइजरको रु १५० लिने घोषणा गरिरहँदा यहाँ कच्चा सामग्री नै अभाव भइरहेको बताइएको छ । लकडाउन खुलेसँगै सामग्री ल्याएर महानगरवासीको आवश्यकता पूर्ति गरिने कार्कीले जानकारी दिए।
रासस

corrent noodles
Metro Mart

प्रकाशित: Mar 28, 2020| 01:53 शनिबार, चैत १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।