मंगलबार, वैशाख ११, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सरकारलाई कांग्रेसको १६ बुँदे ज्ञापनपत्र : देशबाहिर फसेकालाई पनि उद्धार गर

सरकारलाई कांग्रेसको १६ बुँदे ज्ञापनपत्र : देशबाहिर फसेकालाई पनि उद्धार गर

सरकारलाई कांग्रेसको १६ बुँदे ज्ञापनपत्र, देशबाहिर फसेकालाई पनि उद्धार गर
 |  शुक्रबार, चैत १४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १४, २०७६

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड–१९)को रोकथामका विषयमा सरकारलाई १६ बुँदे ज्ञापनपत्र बुझाएको छ। नेपाली कांग्रेस संसदीय दलको तर्फबाट प्रमुख सचेतक बालकृष्ण खाँडले उक्त ज्ञापनपत्र बुझाएका हुन्।

triton college

भारतलगायत देशमा फसेका नेपालीहरुको पनि उद्धार गर्नुपर्ने माग ज्ञापनपत्रमा गरिएको छ। 

‘कोरोना नियन्त्रणका लागि अग्रपंक्तिमा रहेका चिकित्सक, नर्स, स्वास्थ्यकर्मीप्रति राज्य र आम नागरिकको पूर्ण साथ र सहयोग जरुरी छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘नेपाल सरकारले यस सन्दर्भमा आवश्यक चिकित्सा र स्वास्थ्य उपकरण, परीक्षण किट तथा सामग्रीको व्यवस्था गर्न नसक्नु सरकारको अकर्मण्यता हो । यो ज्यादै जोखिमपूर्ण रहेको छ।’

नेपाल सरकारले कोरोना नियन्त्रण सम्बन्धी चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको लागि आवश्यक पि.पि.ई. (पर्सनल प्रोटेक्सन इक्युपमेन्ट) लगायत चिकित्सा र स्वास्थ्य उपकरण, परीक्षण किट तथा अन्य सामग्री विदेशबाट अबिलम्ब आयात गर्न अत्यावश्यक रहेको कांग्रेसले भनेको छ।

‘कोरोना महामारी फैलन नदिन लकडाउन (राष्ट्रव्यापी बन्द) अत्यावश्यक कार्य हो । लकडाउनलाई सफल बनाउन सुरक्षा निकाय र प्रशासनलाई सहयोग पुर्याउनु सबै नागरिकहरुको दात्यिव हो । साथै सुरक्षा निकायलाई पनि गुणस्तरीय मास्क र सुरक्षा उपकरणको व्यवस्था गर्न नितान्त जरुरी छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘यो महामारीलाई नियन्त्रण गर्न केन्द्रीय सरकारले प्रदेश सरकार र स्थानीय निकायहरुलाई समन्वयात्मक रुपमा अझै गतिशिल ढंगले परिचालन गर्न आवश्यक छ।’

corrent noodles
Metro Mart

सातै प्रदेशमा कोरोना परीक्षण प्रयोगशाला यथाशीघ्र सञ्चालन गर्न जरुरी रहेको भन्दै सबै प्रदेश र स्थानीय तहका स्वास्थ्य संस्थासम्म स्वास्थ्य उपकरण र सामग्रीको तत्काल प्रबन्ध गर्न कांग्रेसले माग गरेको छ।

कोरोना नियन्त्रणका लागि सामाजिक र निजी संघसंस्थाले चिकित्सा र स्वास्थ्य उपकरण, परीक्षण किट तथा सामग्रीको व्यवस्थाको लागि गरिरहेको पहललाई सकारात्मक रुपमा लिई सरकारले यसका लागि प्रोत्साहन गर्न र सहयोग पुर्याउन आवश्यक रहेको कांग्रेसले जनाएको छ।

लकडाउनका कारण दैनिक ज्यालादारी गर्दै जीवनयापन गरिरहेका श्रमिक, कृषि मजदुरलाई खाद्यान्नको व्यवस्था गर्न स्थानीय निकाय, व्यावसायिक र सामाजिक संघसंस्था तथा राजनैतिकर्मीहरुले समन्वय गरी गतिशिल भूमिका निर्वाह गर्न कांग्रेसले आग्रह गरेको छ।

‘छिमेकी मित्रराष्ट्र भारतमा समेत लकडाउन भइरहेको अवस्थामा यात्राको क्रममा भारतमा विचल्लि परेका नेपालीहरुको उद्धार र रक्षाका लागि सरकारी निकाय गम्भीर बन्न जरुरी छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘संसारभर छरिएर रहेका नेपालीहरुको स्वास्थ्य र सुरक्षाको लागि हाम्रा कूटनीतिक निकायहरुले सक्रियता बढाउनु आवश्यक छ ।’

प्रकाशित: Mar 27, 2020| 13:15 शुक्रबार, चैत १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।