बिहीबार, वैशाख १३, २०८१

कोरोना संक्रमण : पुरुष नै किन बढी जोखिममा ?

इटालीमा संक्रमित २५,०५८ मा गरिएको अध्ययनमा ५८ प्रतिशत पुरुष थिए भने मृत्यु भएका १६९७ मध्ये ७० प्रतिशत पुरुष थिए। स्पेनमा मृत्यु हुनेमा महिलाभन्दा पुरुष दोब्बर छन्।
 |  शुक्रबार, चैत १४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १४, २०७६

धूमपान, मद्यपान र स्वास्थ्य अवस्थामा कम ध्यान दिनुका साथै जैविक रूपमा राेग प्रतिराेध क्षमता कमी भएका कारण महिलाकाे तुलनामा पुरूष संक्रमणकाे उच्च जाेखिममा।

triton college

 

कोरोना भाइरसले पुरुष र महिलामा भेदभाव गरको छ। किनकि संक्रमणबाट मृत्यु हुनेमा पुरुष बढी छन्। परीक्षण गरिएकामध्ये पनि धेरै पुरुषलाई कोरोना संक्रमण भएको छ।

महामारीबाट अति प्रभावित २० मुलुकमा आधारित रहेर ग्लोबल हेल्थ ५०–५० गरेको अध्ययनले यस्तो निष्कर्ष निकालेको हो। कोरोना भाइरस संक्रमण विश्वका झन्डै २०० देशमा फैलिइसकेको छ।

धूमपान, मादक पदार्थ सेवन, खराब स्वास्थ्य आदिका कारण महिलाको तुलनामा पुरुषको स्वास्थ्य कमजोर हुने विभिन्न अध्ययनले देखाएका छन्।

corrent noodles
Metro Mart

विज्ञहरुले विशेष गरी ६० वर्ष नाघेका पुरुषलाई भाइरस संक्रमणको बढी जोखिम रहेको औंल्याएका छन्। जोन हप्किन्स स्कुल अफ पब्लिक हेल्थकी प्राध्यापक सब्रा क्लाइनले भनिन्, 'पाका उमेरका पुरुष जोखिममा छन्। अन्य उमेर समूहमा पनि पुरुष नै जोखिममा छन्।'

विश्व स्वास्थ्य संगठनका अनुसार युरोपमा ११,२२८ मा कोरोना संक्रमित हुँदा तिनमा ५७ प्रतिशत पुरुष थिए। यस्तै १०३२ को निधन हुँदा महिलाको संख्या २९५ अर्थात् २८ प्रतिशत थियो।

इटाली, फ्रान्स, जर्मनी, इरान, दक्षिण कोरिया र स्पेनमा मृत्यु हुनेमा पुरुष धेरै छन्। इटालीमा ६० प्रतिशत पुरुषलाई कोरोना भाइरस संक्रमण भएकोमा ७० प्रतिशतभन्दा बढीको मृत्यु भएको त्यहाँको राष्टिय स्वास्थ्य संस्थानले जनाएको छ।

इटालीमा संक्रमित २५,०५८ मा गरिएको अध्ययनमा ५८ प्रतिशत पुरुष थिए भने मृत्यु भएका १६९७ मध्ये ७० प्रतिशत पुरुष थिए। स्पेनमा मृत्यु हुनेमा महिलाभन्दा पुरुष दोब्बर छन्।

दक्षिण कोरियामा पनि भाइरस संक्रमण हुनेमा पुरुष नै बढी छन्। संक्रमणबाट मृत्यु हुनेमध्ये ५४ प्रतिशत पुरुष छन्।

इटालीमा १० जना महिलाको मृत्यु हुँदा २४ पुरुषको निधन भएको छ भने चीनमा १० महिलाको मृत्यु हुँदा १८ जना पुरुषको मृत्यु भएको छ। यस्तै जर्मनीमा १० महिलाको मृत्यु हुँदा १६ पुरुषको निधन भएको छ।

इरानमा १४ पुरुषको निधन हुँदा १० महिलाको र फ्रान्समा १० महिलाको मृत्यु हुँदा १४ पुरुषको निधन भएको छ। दक्षिण कोरियामा १० महिलाको निधन हुँदा १२ पुरुषको निधन भएको छ।

पुरुष नै किन असुरक्षित?

'यसको स्पष्ट जबाफ हामी कसैसँग छैन। के कारणले यस्तो भिन्नता भइरहेको छ?' सेन्टर फर जेन्डर एन्ड ग्लोबल हेल्थकी निर्देशक प्राध्यापक सराह हक्स भन्छिन्।

चीनमा आधाभन्दा बढी पुरुषले धूमपान गर्छन्। जनसंख्याको २ प्रतिशत महिलाले मात्र धूमपान गर्छन्। इटालीमा ३० प्रतिशत पुरुषले धूमपान गर्छन्। धूमपान गर्ने महिलाको संख्या १९ प्रतिशत छ। अमेरिकामा १७.५ प्रतिशत पुरुष र १३.५ प्रतिशत महिलाले धूमपान गर्छन्।

धूमपानकै कारण पुरुषको फोक्सो खराब हुन्छ। त्यसैले कोरोना संक्रमण पनि पुरुषलाई बढी हुने दाबीमा सत्यता छ। कारण, कोरोना भाइरसले संक्रमितको फोक्सोमा गम्भीर असर गर्छ।

विश्व स्वास्थ्य संगठनका अनुसार महिलाले भन्दा पुरुषले पाँच गुणा बढी धूमपान गर्छन्। यस्तै महिलाले भन्दा पुरुषले पाँच गुणा बढी रक्सी पिउँछन्।

गत महिना प्रकाशित एउटा प्रतिवेदनअनुसार धूमपान गर्नेमध्ये २६ प्रतिशतलाई कोरोनाले गम्भीर रुपमा सताएको थियो। तीमध्ये धेरैको ज्यान गएको थियो।

'धूमपान गर्ने व्यक्तिबाट संक्रमित हुने जोखिम बढी हुन्छ। धूमपान गर्नेहरुले ओठमा हात लगिरहन्छन् भने अर्कोतर्फ चुरोट एकअर्कालाई बाँडेर खाने गर्छन्। हामी यसलाई विविध देश र संस्कृतिका आधारमा पनि अध्ययन गरिरहेका छौं', क्लाइनले भनिन्।

उनी धूमपान नै पुरुषको मृत्युको कारक रहेकोमा विश्वस्त छैनन्। उनले भनिन्, 'मलाई के लाग्दछ भने विश्वव्यापी रुपमा अन्य धेरै कारण हुन सक्छ। यसमा धूमपान नै प्रमुख कारक रहकोमा मलाई विश्वास लाग्दैन।'

पुरुषको निधन बढी हुुनुमा स्वास्थ्यप्रतिको हेलचेक्र्याइँ अर्को कारण हो। महिलाको तुलनामा पुरुषले स्वास्थ्यमा कम ध्यान दिन्छन्। अध्ययनहरुले के देखाएका छन् भने पुरुषहरु महिलाको तुलनामा हात कम धुन्छन्। साबुन कम प्रयोग गर्छन्। स्वास्थ्य उपचारका कम ध्यान दिन्छन् र जनस्वास्थ्यसम्बन्धी सल्लाह बेवास्ता गर्छन्।

विज्ञहरुका अनुसार यसमा जैविक तत्त्वहरुले भूमिका खेलेका हुन्छन्। पुरुषमा रोग प्रतिरोधक क्षमता कमजोर हुन्छ। त्यसैले हेपाटाइटिस सी र एचआईभी संक्रमणको जोखिम बढी हुन्छ। कोरोना भाइरस पुरुषलाई बढी संक्रमण हुनुमा पनि यही कारण हुन सक्छ। यद्यपि यसबारे अहिलेसम्म गहन अध्ययन भएको छैन।

क्लाइनले भनिन्, 'जसको प्रतिरक्षा प्रणालीले उचित काम गर्न सक्दैन, त्यस्ता व्यक्तिमा भाइरस संक्रमण हुन्छ। साथै प्रतिरक्षा शक्ति बढाउन हर्मोनले पनि भूमिका खेलेको हुन सक्छ।'

प्रतिरक्षा प्रणालीलाई नियमित गर्ने धेरै जिनहरु एक्स क्रोमोजोम पुरुषसँग एक र महिलासँग दुईवटा हुन्छन्। त्यसैले प्रतिरक्षा प्रतिक्रियामा समावेश केही जिन पुरुषमा भन्दा महिलामा बढी सक्रिय छन्।

पुरुषलाई महिलाको भन्दा कम उमेरमा हृदयाघातको सम्भावना हुन्छ। उच्च रक्तचापको सम्भावना हुन्छ। यी दुवैले प्रतिरोधक क्षमतालाई कमजोर बनाइरहेका हुन्छन्।

विश्वको पछिल्लो अवस्था हेर्दा कोरोना प्रतिरोधात्मक प्रतिक्रियामा यस्तै भिन्नता देखिने सम्भावना छ। क्लाइनले भनिन्, 'हामीले संक्रमित बिरामीका रगतका नमुना अध्ययन गरेका छौं। थप केही नतिजा चाँडै आउने विश्वास छ।'

तर धेरै देशले यस्तो तथ्यांक नै सार्वजनिक गरेका छैनन्। २० वटा देशले मात्र संक्रमितको संख्या र मृत्युको विवरण प्रकाशित गरेका छन्। बेलायत र अमेरिकाले यस्तो तथ्यांकबाहिर ल्याएका छैनन्।

ह्वाइट हाउसकी कोरोना भाइरस प्रतिकार्य समूहका संयोजक डा. डेबोरा बिर्क्सले यतिमात्र भनिन्, 'इटालीबाट हामीले अर्को प्रवत्ति देखिरहेका छौं। पुरुषको मृत्यु दर महिलाको भन्दा दोब्बर देखिन्छ।'

२० मध्ये ६ वटाले मात्र महिला र पुरुषको निधन भएको विवरण उपलब्ध गराएका थिए।

ती मुलुकमा चीन, फ्रान्स, जर्मनी, इरान, इटाली र दक्षिण कोरिया छन्। अन्य सात मुलुकले संक्रमितको संख्या मात्र उपलब्ध गराएका थिए।
क्लाइनका अनुसार पुरुषको भन्दा महिलाको रोग प्रतिरोध क्षमता ज्यादा हुन्छ।

अध्ययनअनुसार ३० वर्षभन्दा कम उमेर समूहका महिलापुरुषको निधन भएको छैन। ५० भन्दा कम उमेरका महिला पुरुषमध्ये केहीको मात्र निधन भएको छ। ५० वर्ष उमेरका पुरुष उच्च जोखिममा छन्।

चीनमा पुरुषको मृत्युदर २.८ प्रतिशत थियो भने महिलाको १.७ थियो। त्यसो त हङकङमा २००३ मा फैलिएको सार्समा पनि पुरुष नै बढी संक्रमित थिए। हक्सका अनुसार जैविक, जीवनशैली र बानी व्यवहारले पनि यसमा भूमिका खेलेको हुन्छ।

(एजेन्सीकाे सहयाेगमा)

 

प्रकाशित: Mar 27, 2020| 10:55 शुक्रबार, चैत १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।