शुक्रबार, वैशाख १४, २०८१

जो घर पुग्न १२७४ किलोमिटरको पैदल यात्रामा छन्

कोरोना भाइरसको संक्रमण रोकथामका लागि धेरै देशहरुले लकडाउन गरेपछि मानिसहरु घर पुग्न के के गर्दैछन्?
 |  शुक्रबार, चैत १४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १४, २०७६

कोरोना भाइरसको संक्रमण रोकथामका लागि धेरै देशहरुले लकडाउन गरेपछि मानिसहरु घर पुग्न के के गर्दैछन्?

triton college

देशमा साताब्यापी ‘लकडाउन’ भएपछि भारतबाट देश फर्कने थुप्रै नेपालीले दशगजा क्षेत्रमा लामो समय संघर्षमा विताउन पर्‍यो। दशगजामा भोकै–प्यासै संघर्ष गर्नेमा वृद्धवृद्धा, सुत्केरी, गर्भवती, बालबालिका र विरामी समेत थिए।

सरकारले देश फर्कन चाहने नागरिकलाई कुनै पनि हालतमा आउन दिनुपर्छ। उनीहरु जस्तोसुकै अवस्थामा होउन, सुरक्षित रुपमा स्वदेश ल्याउने र उनीहरुको स्वास्थ्य अवस्था परीक्षण गर्ने जिम्मा सरकारको हो। आपत परेका बेला नै हो सरकार चाहिने।

भारतमा पनि अहिले २१ दिनको लकडाउन छ। लामो लकडाउन भएर सबैखाले यातायात बन्द भएपछि टाढाका सहरमा पुगेर काम गर्नेहरु आफ्नो घर फर्कन के कस्ता उपाय लगाउँदै छन् त ? भारतीय पत्रिकाहरुमा आएका समाचार यहाँ प्रस्तुत गरेका छौं।

सुरेश नौटियाल दिल्लीको एउटा नाइट क्लबमा काम गर्छन्। कोरोना भाइरसको संक्रमण बढेपछि उनले काम गर्ने नाइट क्लब पनि बन्द गरियो त्यसपछि उनी उत्तराखण्डस्थित आफ्नो गाउँ जाने भए। दिल्लीबाट बसमा ६ घण्टा यात्रा गरेर उनी ऋषिकेश पुगे।

corrent noodles
Metro Mart

यसैबीच उत्तराखण्ड सरकारले लकडाउन घोषणा गर्‍यो। सुरेशको गाउँ अझै २०० किमी टाढा थियो।

कोरोना भाइरस संक्रमणबारे बसपार्कमै उनको जाँच गरियो । जाँचमा ठिकठाक देखिएपछि उनलाई अगाडिको यात्रा गर्न छुट त मिल्यो तर, सवारी साधन केही थिएन।

उनीजस्ता धेरै मानिस ऋषिकेश वसपार्कमा रोकिएका थिए। तिनैमध्येका एकजनाले आफन्तलाई फोन गरेर एउटा एम्बुलेन्स मगाए। सुरेशले पनि त्यही एम्बुलेन्समा लिफ्ट पाए।

बाटोमा प्रहरी जाँचका बेला तीमध्ये एकजना विरामी बनेर पल्टिन्थे। पछि उत्तराखण्ड सरकारले बाटोमा अड्किएका यस्ता यात्रीका लागि विशेष बसको व्यवस्था गरेर गन्तब्यसम्म पु¥यायो।

तर, विहारको सुपौलका सुधीरकुमारको भाग्य सुरेशको जस्तो बलियो रहेनछ।

एक महिनाअघि उनी आफ्ना १४ जना साथीसँग जयपुरको एउटा कोल्ड स्टोरेजमा काम गर्न पुगेका थिए।

‘लकडाउन’ का बेला मालिकले उनीहरुलाई दुई हजार रुपैयाँ दिएर विदा गरिदिए। शहरमा कफ्र्यूको जस्तो अवस्था थियो। उनीहरु पैदल सुपौलका लागि निस्किए।

९ चैतमा हिंडेका उनीहरु १२ चैतमा करिब २३० किलोमिटर दूरी तय गरेर आगरा पुगेका थिए। जयपुरबाट सुपौलको दूरी १२७४ किलोमिटर छ। आशा गरौं उनीहरुको यात्रा सुरक्षित नै रहोस् ।

२० वर्षीय अवधेशकुमारको अवस्था पनि यस्तै छ। उत्तरप्रदेशको उन्नावस्थित एक कारखानामा काम गर्ने उनी कारखाना बन्द भएपछि ८० किलोमिटर पर रहेका घरका लागि हिंडे। अन्य २० जनासँगै समूहमा मंगलबार राति हिंडेका उनीहरु बिहीबार अबेर बाराबंकीस्थित घर पुगिसकेका छन्।

चौथो किस्सा दिल्लीमा मजदुरी गर्ने बन्टीको हो । उनी पनि आफ्ना भाई, पत्नी र चार बच्चासहित दिल्लीबाट आफ्नो गाउँ अलिगढका लागि हिंडेका छन्। उनका एक छोरा त जम्मा १० महिनाका छन्।
बुधबार विहान दिल्लीबाट हिंडेका बन्टी भन्छन्, ‘यहाँ बसेर के खानु ? गाउँ पुगेपछि कम्तीमा नून रोटी त पाइएला।’

लगातार हिंड्न सक्ने हो भने बिहीबार रातिसम्म घर पुग्ने बताएका उनी अहिलेसम्म घर पुगिसकेका होलान् । कामना गरौं उनलाई नुन–रोटी मात्रै होइन, दाल, तरकारी र अचार पनि खान पुगोस्।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारतका धेरै ठाउँबाट मानिसहरु पैदलै आ–आफ्ना घर फर्किएका छन्।

पैदल हिंड्नु मात्रै समस्या होइन, बाटोमा प्रहरीको रोकावट, खाना खाने ठाउँ नपाउने र बालबालिकासँगै हिंडदा उनीहरुको स्वास्थ्यमा आउने समस्या जस्ता थुप्रै समस्याको सामना गर्नु परिरहेको छ उनीहरुले ।

त्यसमाथि कोरोनाको त्रास यति धेरै छ कि, राति उनीहरु कुनै गाउँमा पुगेर बास माग्न पनि सक्दैनन्। मानिसहरु अपिरिचितलाई पानी पनि दिइरहेका छैनन्।

यस्ता यात्रीहरुलाई उत्तराखण्ड र छत्तीसगढजस्ता केही राज्यले वैकल्पिक व्यवस्था गरे पनि अधिकांश राज्यहरु ‘भगवान भरोसा’ मा छन्।

प्रकाशित: Mar 27, 2020| 10:40 शुक्रबार, चैत १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।