शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कोरोना प्रतिकार्यमा खटिने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता

कोरोना प्रतिकार्यमा खटिने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता

कोरोना प्रतिकार्यमा खटिने सुरक्षाकर्र्मी र स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता
 |  शुक्रबार, चैत १४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १४, २०७६

सुर्खेत– विश्वलाई नै आतंकित पारिरहेको कोरोना भाइरस रोकथामको लागि कर्णाली प्रदेशमा खटिने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले प्रोत्साहन भत्ता पाउने भएका छन् । कर्णाली प्रदेश सरकारले विभिन्न ठाउँमा स्थापना गरिएको हेल्थ डेस्क, क्वारेन्टाइन र आइसोलेसनमा खटिएने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन भत्ता दिने भएको हो ।

triton college

प्रदेश सरकारका प्रवत्ता एवम् भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीका अनुसार सुरक्षाकर्मीले ५० र स्वास्थ्यकर्मीले शतप्रतिशत (१००) प्रोत्साहन भत्ता पाउने छन् । ‘कोरोनाको जोखिमसँग लड्ने सुरक्षाकर्मीले सुरु तलबको ५० प्रतिशत र स्वास्थ्यकर्मीलाई शतप्रतिशत प्रोत्साहन भत्ता पाउँछन्,’ मन्त्री केसीले भनिन्, ‘प्रोत्साहन भत्ताले विपदको ज्यानको बाजी थापेर खटिएका सुरक्षा र स्वास्थ्यकर्मीको मनोबल बढ्नेछ ।’

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना रोकथाममा सुरक्षा र स्वास्थ्यकर्मीको सबैभन्दा ठूलो योगदान रहने भन्दै प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो ।

 

प्रकाशित: Mar 27, 2020| 02:04 शुक्रबार, चैत १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।