काठमाडौं- विश्वलाई नै आतंकित बनाएको कोरोना भाइरस अमेरिकामा तीव्र गतिमा फैलिएको छ ।
कोरोना उत्पति भएको देश चीनलाई समेत पछि पार्दै अमेरिकामा संक्रमितको संख्या ८५ हजार ३ सय ७७ पुगेको छ ।
चीनमा ८१ हजार ३ सय ४० जनामा कोरोना देखिएकोमा ७४ हजार ५ सय ८८ जना पूर्ण रुपमा निको भएर घर फर्किएका छन् । अमेरिकामा भने १ हजार ८ सय ६८ जना मात्रै पूर्ण रुपमा स्वस्थ भएका छन् ।
वर्ल्डओमिटरका अनुसार अमेरिकामा बितेको २४ घण्टा (बिहीबार) मात्रै १७ हजार १ सय ६६ जना नयाँ संक्रमित भेटिएका छन् । बुधबार १३ हजार ३ सय ५५ मा संक्रमण पुष्टि भएको थियो ।
अमेरिकामा संक्रमितमध्ये ८२ हजार २ सय १४ जना उपचाररत छन् भने २ हजार १ सय २२ को अवस्था अत्यन्त गम्भीर रहेको छ ।
विश्व स्वास्थ्य सगठनका अनुसार यो भाइरस १९९ देशमा फैलिएको छ भने मर्नेको संख्या २१ हजार नाघेको छ । संक्रमितको संख्या झन्डै ४ लाख ६६ हजार पुगेको छ।