बिहीबार, वैशाख १३, २०८१

अफिसको काम घरमा गर्न दिक्क लाग्यो ? यसो गर्नुस्

अभ्यस्त नहुनेका लागि घरमै बसेर अफिसको काम गर्नु दिक्दारलाग्दो पनि हुनसक्छ।
 |  शुक्रबार, चैत १४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १४, २०७६

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरेर सरकारले मंगलबारदेखि एक साता पूरै देश लकडाउन (बन्द) गर्ने निर्णय गरेपछि लाखौं मानिस घरमै थन्किएका छन्। धेरैका लागि यो समय लामो बिदा भएको छ ।

triton college

तर, कतिपयले भने घरमा बसेर पनि अफिसको काम गर्नुपर्ने हुन्छ । यो हाम्रा लागि नयाँ अभ्यास हो । यसअघि बिदामा पनि घरमा बसेर अफिसको काम गर्नुपर्ने अवस्था आएको थिएन । केही लामो बिदा हुने दशैंतिहारमा पनि अफिसको काम गर्नु पर्दैनथ्यो।

पश्चिमी मुलुकमा घरमै बसेर कार्यालयको काम गर्नु अर्थात् टेलिकम्युट नयाँ होइन। तर, नेपालीका लागि यो नितान्त नौलो अनुभव हो।

अभ्यस्त नहुनेका लागि घरमै बसेर अफिसको काम गर्नु दिक्दारलाग्दो पनि हुनसक्छ।

घरमै बसेर काम गर्ने केही टिप्स

corrent noodles
Metro Mart

१) अफिसको छनक दिने उपयुक्त ठाउँ बनाउनुहोस्। काम त हो नि जहाँ बसे पनि भनेर बेडबाटै काम नगर्नुहोस्। साधन स्रोतले भ्याएसम्म केही दिनका लागि अस्थायी होम अफिस बनाउनुहोस् ।

२) सहकर्मीसँग संवाद जारी राख्नुहोस्। म एक्लै छु भन्ने अनुभूति हटाउन सहकर्मीसँग बेलाबेलामा अन्तरक्रिया गर्नुहोस्।

३) योजना बनाएर काम गर्नुहोस्। घरबाट काम गर्दा अफिसको जस्तो ‘स्मुथ’ नहुनसक्छ। विभिन्न व्यवधान आउन सक्छन्। घरमा बसेपछि परिवारका सदस्यलाई पनि समय दिनुपर्ने हुन्छ। घरको काममा पनि घरीघरी सघाउनुपर्ने हुनसक्छ। त्यसैले आज केके काम गर्नुपर्ने हुनसक्छ, सूची बनाएर त्यहीअनुसार कार्ययोजना बनाउनुहोस्। 

४) सञ्चारमा ध्यान दिनुहोस्। भौतिक रुपमा फेस टु फेस भएर अफिसमा काम गरेजस्तो हुँदैन घरमा। प्रभावकारी सञ्चार भएन भएन भने काम दोहोरिने वा छुट्ने हुनसक्छ। त्यसैले सहकर्मीहरु र आफ्नो लाइन म्यानेजरसँग नियमित सम्पर्कमा रहनुहोस्। फोन, ई–मेललाई नियमित कामकाजको दिनमा जस्तै प्रयोग गर्नुहोस्।

५) बीचबीचमा ब्रेक लिनुहोस्। एक्लै घरमा बसेर लगातार काम गर्दा दिक्क लाग्न सक्छ। त्यसैले केही घण्टाको फरकमा ब्रेक लिनुहोस्। यसका लागि किचेनमा गएर केही परिकार बनाउन सकिन्छ। घर–कोठा सफा गर्न सकिन्छ। योग–ध्यान गर्न सकिन्छ। खेतबारी छ भने खन्न सकिन्छ।

यो पनि

काम गराइको नयाँ शैली टेलिकम्युट 

प्रकाशित: Mar 27, 2020| 01:35 शुक्रबार, चैत १४, २०७६
प्रतिक्रिया दिनुहोस्