बिहीबार, वैशाख १३, २०८१

सिद्धार्थनगरमा साढे ११ लाखको कोरोना विपत् कोष

नगरपालिकाले कोरोना भाइरसका कारण देखिएको विपत् व्यवस्थापन गर्न ११ लाख ५१ हजारको विपत् व्यवस्थापन कोष स्थापना गर्ने निर्णय गरेको छ।
 |  शुक्रबार, चैत १४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १४, २०७६

भैरहवा - सिद्धार्थनगर नगरपालिकाले कोरोना भाइरसका कारण देखिएको विपत् व्यवस्थापन गर्न ११ लाख ५१ हजारको विपत् व्यवस्थापन कोष स्थापना गर्ने निर्णय गरेको छ।

triton college

नगरको बिहीबार बसेको बोर्ड बैठकले उक्त रकम नगरका विभिन्न आयोजनाबाट भएको बचत र हुन आउने बचत रकमबाट व्यवस्थापन गरिने नगर उपप्रमुख उमा काफ्लेले बताइन्।

बैठकले उक्त कोष सञ्चालनका लागि नगर प्रमुख हरि प्रसाद अधिकारी संयोजक रहेको ९ सदस्यीय समिति गठन गरेको छ। समिति सदस्यमा नगर उपप्रमुख उमा काफ्ले, वडा नम्बर ७ का अध्यक्ष भीमसेन कर्माचार्य, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने, उद्योग व्यपार संगठनका अध्यक्ष नारायणप्रसाद भण्डारी छन्।

उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद शर्मा, समाजसेवी नारायण अग्रवाल, नागरिक समाजका अध्यक्ष र बैंकर्स एसोसियसनका अध्यक्ष सदस्य रहेको समिति गठन भएको हो।

कोषमा नगरप्रमुखले व्यक्तिगत रुपमा २१ हजार, उपप्रमुखले १५ हजार र सबै वडा अध्यक्षहरुले १० हजारका दरले १३ वडाबाट रकम संकलन भइसकेको नगरका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासिनीले बताए ।

corrent noodles
Metro Mart

बैठकले कोरोनाको कारण लकडाउनमा परी घरभित्रै बसेका जनतालाई आवश्यक पर्ने बस्तुहरु नगरपालिकाले टोलस्तरमा व्यवस्थापन गर्ने समेत भएको छ ।

नगरमा खाद्यान्न, तरकारी, दुध औषधी लगायतका अत्यावश्यक वस्तुहरु जनतालाई सहज रुपमा पुराउन प्रत्येक वडामा वडाध्यक्ष र सदस्यहरुले समन्वय गर्ने जिम्मेवारीसमेत प्रदान गरेको छ ।

 

प्रकाशित: Mar 27, 2020| 00:30 शुक्रबार, चैत १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।