बिहीबार, वैशाख १३, २०८१

वीरगञ्ज नाकाबाट निर्वाध ग्यास र पेट्रोल भित्रिँदै

कोभिड–१९ को संक्रमणबाट जोगिन सङ्घीय सरकारले विगत ४ दिनदेखि देशभर लगाउँदै आएको ‘लकडाउन’को समयमा पनि भारतबाट वीरगञ्ज नाका भएर ग्यास र पेट्रोलियम पदार्थ भित्रिएको छ ।
 |  बिहीबार, चैत १३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १३, २०७६

कोभिड–१९ को संक्रमणबाट जोगिन सङ्घीय सरकारले विगत ४ दिनदेखि देशभर लगाउँदै आएको ‘लकडाउन’को समयमा पनि भारतबाट वीरगञ्ज नाका भएर ग्यास र पेट्रोलियम पदार्थ भित्रिएको छ ।

triton college

भन्सार कार्यालयका अनुसार चैत १० गतेदेखि लागु भएको लकडाउनको समयमा भारतको विभिन्न ठाउँबाट १२ गतेसम्म ८४ बुलेट एलपी ग्यास, २८ लाख ५२ हजार किलो लिटर पेट्रोल र २७ लाख ५२ हजार किलो लिटर डिजेल नेपाल भित्रिएको छ ।

सोहि अवधिमा तरकारी खाद्यान्न लगायतका सामानहरु सहज रुपमा भित्रिएको छ भने आजपनि त्यस्ता अत्यावश्यक सामग्री स्वदेश भित्रिएको भन्सार कार्यालयका सूचना अधिकारी विमलकुमार साहले बताए।

यसैबीच प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैयाबारा अनुसार लकडाउनको समयमा सङ्घीय सरकारले छुट दिएका सवारी साधनहरु बाहेक अन्य सवारी साधन चलेका छैनन् । लकडाउनको समयमा अति आवश्यक एम्बुलेन्स, खाद्यान्न, फलफूल, तरकारी बोकेको तथा पेट्रोलियम पदार्थ बोकेको सवारी साधन निर्वाध रुपमा चलेको सो कार्यालयका ट्राफिक प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।
रासस

प्रकाशित: Mar 26, 2020| 13:22 बिहीबार, चैत १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।