मंगलबार, वैशाख ११, २०८१

भारतबाट सिधै गाउँतिर, कोरोनाको जोखिम बढ्यो गाउँमा

करिब ४० हजार मानिस भारतबाट गाउँ फर्किएको कर्णाली प्रदेश सरकारको अनुमान छ।
 |  बिहीबार, चैत १३, २०७६

देव राना

देव राना

बिहीबार, चैत १३, २०७६

घटना– १

triton college

भारतबाट नेपाल फर्किएका जाजरकोटका ११ जना नेपालगञ्ज बहुमुखी क्याम्पस परिसरको क्वारेन्टाइनबाट भागेर गाउँ पुगे । भेरी नगरपालिका–११ जाजरकोटका मदे लोहार, माया लोहार, केशरे लोहार, कुमारो लोहार र लीले खड्का क्वारेन्टाइनबाट भागेर घर पुगेपछि गाउँमा खैलाबैला मच्चियो ।

कोरोनाको संक्रमण लिएर गाउँमा आएको भन्दै स्थानीय त्रसित भए । स्वास्थ चेकजाँच गरेर छुट्टै राख्नुपर्ने स्थानीयको दबाबपछि भेरी नगरपालिकाको स्वास्थ्य टोलीसहित गाउँमा पुग्यो । चेकजाँच गर्दा संक्रमणको लक्षण नदेखिएको भन्दै घरमै सेल्फ क्वारेन्टाइनमा बसालेको छ ।

नगरप्रमुख चन्द्रप्रकाश घर्तीका अनुसारको स्वास्थ्य टोली नै खटाएर १४ दिनसम्म घरबाट बाहिर ननिस्कन अनुरोध गरिएको छ । प्रारम्भिक चरणको स्वास्थ्य चेकजाँचपछि उनीहरु परिवारसँगै घरमा बसेका छन् ।

घटना– २

corrent noodles
Metro Mart

भारतमा कोरोनाको त्रासपछि जुम्लाको हिमा गाउँपालिकाका २४ जना रातारात जुम्ला फर्किए। नेपालमा भएको लकडाउनको परवाह नगरी उनीहरु रातारात गाउँ पुगे । उनीहरु गाउँ पुगेपछि स्थानीय त्रसित भए । हिजो र अस्ति गाउँमा पुगेका उनीहरुलाई आज (बिहीबार)मात्रै क्वारेन्टाइनमा राखिएको छ ।

गाउँपालिका अध्यक्ष राजबहादुर शाहीले दिएको जानकारी अनुसार १९ जनालाई राजदेव माध्यमिक विद्यालय र ५ जनालाई मानु माध्यमिक विद्यालयमा राखिएको छ । विदेशिएकाहरु गाउँमा भित्रने क्रम नरोकिएपछि गाउँपालिकाले ६ वटा विद्यालयलाई क्वारेन्टाइन बनाएको छ ।

वडा नम्बर १ र ३ को रादेव मावि, २ को प्रावि शेरगाउँ, ४ को कुलदेव प्रावि, ५ को कालिका मावि, ६ भानु मावि र वडा नम्बर ७ को कैशल माध्यमिक विद्यालयलाई क्वारेन्टाइन बनाइएको छ ।

कर्णालीका विभिन्न जिल्लामा करिब ४० हजार कोरोनाको त्रासपछि गाउँमा फर्किएको प्रदेश सरकारले अनुमान गरेको छ । कोरोना संक्रमित भएर गाउँ फर्किएको आशंकामा हिजोआज गाउँमा एक किसिमको त्रास छ ।

संक्रमित देशबाट नागरिकहरु क्वारेन्टाइनमा बस्नुको सट्टा गाउँ पसेपछि सहरभन्दा गाउँमा बढी जोखिम देखिएको छ । प्रदेश सरकारले भारतबाट आएकाहरुलाई अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइनमा राख्ने बताएको छ। तर समयमै क्वारेन्टाइन बन्न नसक्दा भारतबाट आएकाहरु निर्वाध रुपमा गाउँ पसेका छन् । नेपाल लकडाउन भएपछि उद्धार गरिएकाहरुलाई भने सुर्खेतकै क्वारेन्टानमा राखिएको छ ।

यसरी गाउँमा त्रास फैलिएपछि कर्णाली प्रदेश सरकारले कोरोना प्रतिकार्य अभियान गाउँमा केन्द्रित गर्ने जनाएको छ । गाउँमा कोरोनाको जोखिम बढी रहेको निष्कर्ष निकाल्दै प्रदेश सरकारले प्रतिकार्य अभियानलाई गाउँमा केन्द्रित गर्ने जनाएको छ । बिहीबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्री तथा सचिवहरुको संयुक्त बैठकले कोरोना प्रतिकार्य अभियान गाउँमा केन्द्रित गर्ने निष्कर्ष निकालेको छ ।

सरकारका प्रवक्ता विमला केसीका अनुसार स्थानीय सरकारसँग सहकार्य गरेर कोरोना प्रतिकार्य अभियान गाउँमा केन्द्रित हुनेछ। ‘संक्रमित देशबाट आएका नागरिकहरु गाउँमा पसेका छन्, अब शहरभन्दा गाउँमा बढी जोखिम देखियो,’ उनले भनिन् ‘अव कोरोना प्रतिकार्य अभियान गाउँमा केन्द्रित गर्छाै‌ ।’

प्रदेश सरकारले गाउँमा जोखिम बढेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट जुम्ला, कालिकोट, मुगु, र हुम्ला जिल्ला, चौरजहारी सामुदायिक अस्पतालवाट रुकुम पश्चिम, जाजरकोट, डोल्पा र पूर्वी सुर्खेत जिल्लाको कार्यक्षेत्र तोकी जनशक्ति परिचालन गर्ने जनाएको छ ।

त्यस्तै स्वास्थ्यकर्मीहरुका लागि आवश्यक उपकरण, औजार, सुरक्षा सामग्री र औषधि लगायतका सामग्री तत्काल आपूर्तिका लागि संघीय सरकार, निजी आपूर्तिकर्ताहरु, बाह्य आपूर्तिकर्ताहरुलाई अनुरोध गर्नुको साथै सम्भावित सवै उपायहरु अवलम्वन गर्ने निर्णय गरेको छ ।

प्रतिकार्य योजनाको लागि आवश्यक आर्थिक व्यवस्थापन तथा परिचालनका लागि आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालालाई जिम्मेवारी दिने, प्रदेश राजधानी र जिल्ला र स्थानीय तहमा रहेका क्वारेन्टाइनको समन्वय सहजीकरण गर्न भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विमला केसीलाई जिम्मेवारी प्रदान गर्ने, प्रदेश अस्पताल र जिल्ला अस्पतालहरुमा शंकास्पद बिरामीहरुलाई आइसोलेशनमा राख्ने, उपचार गर्ने र जनशक्ति परिचालन गर्ने कार्यको समन्वयको लागि सामाजिक विकास मन्त्री दल रावललाई जिम्मेवारी तोकेको छ ।

यसैगरी दश वटै जिल्लामा आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह वुढाको नेतृत्वमा रहेको समितिलाई सक्रिय बनाउने जनाएको छ ।

प्रकाशित: Mar 26, 2020| 08:45 बिहीबार, चैत १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।