शुक्रबार, वैशाख ७, २०८१

विदेशबाट फर्किएका ६० जना क्वारेन्टाइनमा

वालिङ नगरपालिकाभित्रका विभिन्न वडामा विदेशबाट आएका ६० जना होम क्वारेन्टाइनमा बसेका छन्।
 |  बिहीबार, चैत १३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १३, २०७६

स्याङ्जा- वालिङ नगरपालिकाभित्रका विभिन्न वडामा विदेशबाट आएका ६० जना होम क्वारेन्टाइनमा बसेका छन्।

triton college

कोरोनाको सचेतनास्वरुप नगरपालिकाले नगरभित्रका विभिन्न वडाका घरघरमा पुगेर ६० जनालाई होम क्वारेन्टाइनमा बस्न सुझाव दिइएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए।

“नगरभित्रका १४ वटै वडामा विदेशबाट फर्किएका व्यक्तिको तथ्यांक संकलन गरिरहेका छौं”, नगरप्रमुख उनले भने, “विदेशबाट फर्किएका व्यक्तिलाई होम क्वारेन्टाइनमा बस्न सुझावसहित निगरानी तथा अनुगमन पनि अगाडि बढाएका छौं।”

विदेशबाट आफ्नो टोलमा कोही आएमा वडा वा नगरपालिका कार्यालयमा खबर गरी सहयोग गर्न पनि नगर प्रमुख खाँणले टोलवासीलाई आग्रह गरेका छन्।

वालिङ नगरपालिकाको वडा नं.१ मा तीन, २ मा सात, ३ मा दुई, ४ मा एक, ५ मा छ, ६ मा पाँच, ७ मा एक, ८ मा एक, ९ मा दुई, १० मा एक, ११ मा तीन, १२ मा पाँच र १४ मा एकजना विदेशबाट फर्किएकाहरु होम क्वारेन्टाइनमा बसेका छन्।

corrent noodles
Metro Mart

नगरपालिकाले १४ वटै वडामा पुगेर विदेशबाट फर्केकाको तथ्यांक संकलन गरिरहेको छ। टोलवासीले नगरपालिका कार्यालयमा खबर गरेसँगै नगरका विभिन्न वडाका घरघरमा पुगेर विदेशबाट आएकालाई १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्न सुझावसहित आवश्यक परामर्श दिइएको उपप्रमुख कल्पना तिवारीले बताइन्।

“विदेशबाट आएकालाई १४ दिनसम्म घरमा छुट्टै बस्न लगाएका छौं” उनले भनिन्, “ बसे नबसेको नियमित अनुगमन गरिराखेका छौं।”

बुधबार साँझसम्म नगरभित्रका सबै वडाका टोलका घरघरमा पुगेर विदेशबाट आएका तर १४ दिन पूरा नभएका नागरिकलाई आफू सुरक्षित हुँदै घरपरिवारलाई सुरक्षित राख्न क्वारेन्टाइनमा बस्न सुझाव दिइएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए।

उनीहरुलाई तापक्रम मापन गर्नका लागि थर्मोमिटर प्रदान गरिएको छ भने आवश्यक परामर्शसमेत दिइएको छ। -रासस

प्रकाशित: Mar 26, 2020| 08:20 बिहीबार, चैत १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।