धनुषा– बम विष्फोट सम्बन्धी घटनाका फरार प्रतिवादीलाई धनुषा प्रहरीले पक्राउ गरेको छ।
धनुषाधाम नगरपालिका–३ तेजनगरका ३५ वर्षीय गंगा मण्डल खत्वेलाई प्रहरीले पक्राउ गरेको हो।
उनले गत २८ मंसिरमा छिरेश्वरनाथ नगरपालिका–५ कुचियाही टोलका राजेश साह (मृतक) को घरमा बम विष्फोटन गराएको प्रहरीले जनाएको छ।
घटनालगत्तै फरार खत्वेलाई प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो।