कोरोना भाइरस संक्रमणको मामलामा अमेरिका तेस्रो नम्बरमा पुगेको छ। बीबीसीका अनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या ६८ हजार ५ सय ७२ पुगेको छ।
योसँगै चीन र इटालीपछि सबैभन्दा बढी संक्रमित अमेरिकामा पुगेका छन्।
अमेरिकामा बुधबार एकैदिन १० हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन्। बुधबार १५५ जनाको भाइरसका कारण मृत्यु भएको थियो। यससँगै समग्र मृत्यु हुनेको संख्या ९३५ पुगेको छ ।
विश्वभर कोरोना भाइरसको संक्रमण ४ लाख ६८ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या पनि २१ हजार नाघेको छ ।